
कोलकाता, 09 जुलाई (हि.स.)। पश्चिम बङ्गालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेश हुने घोषणा गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, अडाणी समूहले न्यूटाउनमा 2,000 बेडको अत्याधुनिक सुपर स्पेशियलिटी अस्पताल स्थापना गर्नेछ। उनले बताए, अस्पतालको 1,000 बेड आर्थिक रूपमा कमजोर रोगीहरूको लागि पूर्ण रूपमा निशुल्क वा विशेष छुटको सुविधा उपलब्ध गराइनेछ भने रहल 1,000 बेड व्यावसायिक आधारमा सञ्चालित हुनेछ।
स्वास्थ्य भवनमा बिहीवार उक्त परियोजना बारे जानकारी गराउँदै मुख्यमन्त्रीले भने, यो अस्पतालले राज्यका स्वास्थ्य सेवाहरूलाई नयाँ उचाईँमा पुऱ्याउनेछ भने गरीबहरूलाई पनि आधुनिक चिकित्सा सुविधा उपलब्ध गराउनएछ। उनको भनाइ थियो, अस्पताल सञ्चालनको आर्थिक व्यवस्थालाई कायम राख्नको लागि आधा बेडलाई व्यवसायिक रूपमा सञ्चालन गरिनेछ भने रहल आधा बेड आवश्यकतामा रहेका मानिसहरूको उपचारको लागि सुरक्षित रहनेछ।
मुख्यमन्त्रीले बताए, यस निवेशको सङ्केत पछिल्लो साता नै पाइएको थियो जतिबेला उनले भवानीपुरमा आयोजित एक कार्यक्रममा भनेका थिए, अडाणी समूहले पश्चिम बङ्गालको स्वास्थ्य क्षेत्रमा ठूलो निवेश गर्ने इच्छा व्यक्त गरेको छ र यसको लागि लिखित आश्वासन पनि दिएको छ। अब परियोजनाको स्वरूप स्पष्ट भएको छ।
उनले उद्योगपति तथा निवेशकहरूलाई पश्चिम बङ्गालमा निवेश गर्ने अपील गर्दै भने, राज्य सरकार हरसम्भव सहयोग दिन तयार छ। मुख्यमन्त्रीले इच्छुक निवेशकहरूसित उद्योग मन्त्रीको माध्यमबाट सरकारसित सम्पर्क गर्ने आग्रह गरे। उनको भनाइ थियो, औद्योगिक औ आधारभूत ढाँचाको विकास नै रोजगार सृजन तथा राज्यको अर्थव्यवस्थालाई मजबुत बनाउने सबैभन्दा प्रभावकारी माध्यम हो।
पश्चिम बङ्गालमा विराट औद्योगिक निवेशलाई लिएर लामो समयदेखिकै राजनीतिक बहस हुँदै आइरहेको छ। सिङ्गुर परियोजना बन्द भएपछि विपक्षले लगातार आरोप लगाउँदै आइरहेको थियो, विशाल उद्योग समूहहरू राज्यमा निवेश गर्नदेखि टाँड़िएका छन्। तथापि पूर्ववर्ती सरकारले कैयौं पटक विश्व बङ्गाल व्यापार सम्मेलनको माध्यमबाट ठूलो निवेश भएको दाबी गर्दै आइरहेको भए पनि ती घोषणाहरूको क्रियान्वयनलाई लिएर प्रश्न पनि उठ्दै आइरहेको थियो।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले सरकार बनिएपछि औद्योगीकरणलाई प्राथमिकता दिने कुरालाई दोहोऱ्याएका छन्। हालैमा गहिरो समुद्री बन्दरगाह परियोजनाको घोषणा पनि गरिएको थियो जसलाई लिएर अडाणी समूहसित बातचित भएको जानकारी सार्वजनिक भएको थियो। अब स्वास्थ्य क्षेत्रमा यस ठूलो निवेशको घोषणालाई राज्यको विकासको दिशामा एक महत्वपूर्ण कदम मानिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा