
पश्चिम बर्दवान, 09 जुलाई (हि.स.)। पश्चिम बर्दवान जिल्लाको रानीगञ्ज थाना अन्तर्गत चापुई क्षेत्रमा गए बुधवार त्यसबेला स्थिति तनाउपूर्ण भयो जतिबेला तृणमूल कङ्ग्रेस (टीएमसी)- का जिल्ला परिषद सभाधिपति विश्वनाथ बाउरीका पुत्र पवित्र बाउरीमाथि एक जना युवतीले कथित रूपमा दुर्व्यवहार, कुटपिट, अनुचित सम्बन्ध बनाउने दबाव दिएको तथा धम्की दिएको जस्ता गम्भीर आरोपहरू लगाई। आरोपको खुलासा हुनसाथ ठूलो सङ्ख्यामा ग्रामीणहरू विश्वनाथको आवास बाहिर भेला भएर आरोपी विरूद्ध कड़ा कारबाही गर्ने माग गर्दै प्रदर्शन गर्न शुरू गरे।
स्थानीय मानिसहरू अनुसार युवतीको आरोप छ, पवित्र बाउरीले पछिल्लो लामो समयदेखिकै उसलाी प्रताड़ित गरिरहेको थियो, उमाथि गलत सम्बन्ध बनाउने दबाव दिरहेको थियो जसको विरोध गर्दा उमाथि कुटपिट वा धम्की दिइयो। घटना सार्वजनिक हुनसाथ मानिसहरूमा ठूलो आक्रोश फैलियो।
प्रदर्शनमा ग्रामीणहरूले आरोपी विरूद्ध कड़ा कारबाही अनि पीड़ितालाई शीघ्र न्याय दिलाउने माग गरे। प्रत्यक्षदर्शीहरू अनुसार प्रदर्शन अवधि स्थिति त्यसबेला अनियन्त्रित भयो जतिबेला केही मानिसहरू कथित रूपमा विश्वनाथको घरभित्र पसेर तोड़फोड़ गरे।
घटनाको सूचना पाउनसाथ निमचा पुलिस चौकी प्रभारी नजरिन सुलताना पुलिस बल सहित घटनास्थलमा पुगेर मानिसहरूलाई सम्झाई-बुझाई स्थितिलाई नियन्त्रण गरे। कुनै पनि अप्रिय घटनादेखि बच्नको लागि क्षेत्रमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ भने सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ।
पुलिस अधिकारीहरूले बताए, युवतीद्वारा लगाइएको आरोपहरूको जाँच गर्न शुरू गरिएको छ। सबै तथ्य तथा उपलब्ध साक्ष्यहरूको आधारमा मामिलाको निष्पक्ष जाँच गरिँदैछ। जाँच पूरा भएपछि मात्र कानून अनुसार अग्रिम कारबाही गरिनेछ।
प्रदर्शन गरिरहेका मानिसहरूको भनाइ छ, कानून सबैको लागि समान हुनुपर्छ। यदि जाँचमा आरोपीलाई दोषी पाइए उमाथि कड़ा कारबाही गरियोस्। साथै उनीहरूले पीड़िताको सुरक्षा सुनिश्चित गर्ने अनि उसलाई न्याय दिलाउने माग पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा