अविरल वर्षाका कारण जलपाइगढीका केही भाग जलमग्न, टिस्टा नदीमा येलो अलर्ट
अविरल वर्षाका कारण जलपाइगढीका केही भाग जलमग्न, टिस्टा नदीमा येलो अलर्ट


जलपाइगढी, 01 अगस्त (हि.स.)। जिल्लामा शनिवार बिहानदेखिकै भइरहेको अविरल वर्षाका कारण शहरका केही क्षेत्रहरू जलमग्न भएका छन्। मात्र केही घण्टाको वर्षाले शहरका 25 वटा वार्डहरूका अधिकांश सड़कहरूमै पानी बगिरहेको छ भने कतिपय क्षेत्रमा जलभराउको समस्या उत्पन्न भएको छ। यसले गर्दा मानिसहरूलाई विभिन्न समस्याको सम्मुखिन बन्न परिरहेको छ।

मौसम विभाग अनुसार शनिवार बिहानसम्ममा जलपाईगुड़ीमा लगभग 95 मिलीमीटर वर्षा दर्ता गरियो। घना वर्षाले गर्दा शहरका केही सड़क अनि तल्लो क्षेत्रहरू पानीमा डुबेका छन्। केही स्थानहरूमा घर अगाड़िसम्म पानी पुगिसकेको छ।

स्थानीयले मानिसहरूले आरोप लगाए, केही घण्टा वर्षा हुँदैमा शहरका विभिन्न भागहरू पानीमा डुब्छन्, तर यस समस्याको स्थायी समाधानको निम्ति कुनै ठोस कदम उठाइरहेको छैन। लगातार पानी परिरहेकोले टिस्टा र करला नदीको जलस्तर पनि बढ़्न थालेकेो छ।

सिँचाई विभागले बतायो, टिस्टा नदीको मेखलीगञ्ज क्षेत्रमा जलस्तर बढ़ेको कारणले येलो अलर्ट जारी गरिएको छ। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ भने मानिसहरूलाई सतर्क रहने अपील गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande