
खड़गपुर, 01 अगस्त (हि.स.)। रेलवे भर्ती बोर्ड (आरआरबी) को कम्प्यूटर आधारित परीक्षा (सीबीटी) मा सामेल हुने उम्मेद्वारहरूका सुविधाको लागि दक्षिण पूर्व रेलवेको खड़गपुर मण्डलले हावड़ा अनि रूपसाबीच तीन जोड़ी विशेष मेमू ट्रेनहरूलाई सञ्चालन गर्ने निर्णय लिएको छ। यी ट्रेनहरू अगस्त महिनामा निर्धारित तिथिमा सञ्चालन हुनेछन्।
रेलवेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार गाड़ी सङ्ख्या- 08001 औ 08003 हावड़ादेखि साँझ 6:00 बजे तथा राती 11:55 बजे प्रस्थान गरी क्रमशः राती 10:40 बजे औ भोलिपल्टको बिहान 5:35 बजे रूपसा पुग्नेछ। यी दुवै ट्रेनहरूको सञ्चालन 02, 03, 04, 05, 08, 09, 10, 11, 12 र 13 अगस्तमा हुनेछ।
यस्तै प्रकारले गाड़ी सङ्ख्या- 08005 हावड़ादेखि बिहान 8:30 बजे प्रस्थान भएर अपरान्ह 1:00 बजे रूपसा पुग्नेछ। यो ट्रेन 03, 04, 05, 06, 09, 10, 11, 12 औ 14 अगस्तमा चल्नेछ।
विपरीत दिशामा अर्थात फर्किँदा गाड़ी सङ्ख्या- 08002 रूपसादेखि अपरान्ह 12:45 बजे प्रस्थान भएर 5:20 बजे हावड़ा पुग्नेछ भने गाड़ी सङ्ख्या- 08004 साँझ 4:25 बजे प्रस्थान गरेर राती 9:10 बजे हावड़ा पुग्नेछ जबकि गाड़ी सङ्ख्या 08006 राती 8:20 बजे प्रस्थान भएर दोस्रो दिन राती 1:00 बजे हावड़ा पुग्नेछ। यी तीनै ट्रेनहरूको सञ्चालन 03, 04, 05, 06, 09, 10, 11, 12, 13 औ 14 अगस्तमा हुनेछ। यी विशेष ट्रेनहरूको ठहराउ (स्टोपेज) मेचेदा, पाँसकुड़ा, खड़गपुर औ जलेश्वर स्टेशनमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा