नुमलीगढ़मा वन विभागको गोलीबारी, तीन कथित बालुवा माफिया घाइते
नुमलीगढ़मा वन विभागको गोलीबारी, तीन कथित बालुवा माफिया घाइते


गोलाघाट (असम), 01 अगस्त (हि.स.)। गोलाघाट जिल्ला अधिनस्थ नुमलीगढ़को श्यामरायपुर क्षेत्रमा आधा राती वन विभागले गरेको कारबाहीमा तीन जना कथित बालुवा माफियाहरू गोली लागेर घाइते भए।

घाइतेहरूको पहिचान बिष्णु साह, विकास ओराङ्ग अनि इमताजुल अहमदको रूपमा भएको छ। तीनै जनालाई उपचारको निम्ति गोलाघाट सिभिल अस्पतालमा भर्ती गरिएको छ। पछि गम्भीर रूपमा घाइते इमताजुल अहमदलाई उन्नत उपचारको निम्ति जोरहाट मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो।

घटनाको कारण अनि वन विभागको कारबाहीलाई लिएर विस्तृत आधिकारिक जानकारीको प्रतीक्षा छ। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande