इरानी तीन पाइलटलाई हिरासतमा लिएको दाबी कतारद्वारा अस्वीकार
कतर के विदेश मंत्रालय के प्रवक्ता डॉ. माजिद मोहम्मद अल-अंसारी की एक्स पोस्ट


दोहा (कतार), १६ अगस्त (हि.स.)। कतारले इरानका तीन जना पाइलटलाई हिरासतमा लिएको भन्ने दाबीलाई अस्वीकार गरेको छ। कतारका अनुसार, यस्ता आरोप भ्रामक र निराधार छन्। यस्ता मनगढन्ते दाबीहरूले क्षेत्रीय तनाउ कम गर्न भइरहेका कूटनीतिक प्रयासहरूलाई असर पुर्‍याउन सक्छन्।

कतारको विदेश मन्त्रालयका प्रवक्ता डा. माजिद मोहम्मद अल-अन्सारीले करिब छ घण्टाअघि सामाजिक सञ्जाल एक्समार्फत उक्त दाबीलाई पूर्ण रूपमा आधारहीन बताएका हुन्।

डा. अल-अन्सारीले लेखेका छन्, “इरानी पाइलटहरूलाई हिरासतमा लिइएको भन्ने फैलिएको समाचारको हामी पूर्ण रूपमा खण्डन गर्छौँ। क्षेत्रीय तनाउ कम गर्न विभिन्न कूटनीतिक प्रयास र पहलहरू भइरहेका बेला यस्ता भ्रामक अभिव्यक्तिहरू आउनु आश्चर्यजनक छ।”

उनले थप स्पष्ट गर्दै भने, “कतारी हवाई क्षेत्रको उल्लङ्घन भएको र लक्ष्यको दिशा पुष्टि भएपछि सम्बन्धित पाइलटहरूसँग सम्पर्क गरिएको थियो। नियमअनुसार सम्पर्क गर्ने प्रयास गर्दा पनि कुनै प्रतिक्रिया नआएपछि अन्तरराष्ट्रिय कानुनअनुसार आफ्नो क्षेत्रको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिएको थियो। त्यसबारे आधिकारिक माध्यममार्फत त्यसैबेला जानकारी दिइएको थियो।”

डा. माजिदले कतारको खोज तथा उद्धार टोलीले सम्बन्धित पाइलटहरूको अवशेष खोज्न आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेको बताए। उनले कतारले अन्तरराष्ट्रिय मानवीय कानुनका प्रावधानअनुसार फेला परेको एक पाइलटको अवशेष हस्तान्तरण गर्न इरानी पक्षसँग संवादसमेत गरेको जानकारी दिए।

उनका अनुसार, कतारले गत अप्रेलमा खोज तथा उद्धार अभियानसम्बन्धी जानकारी दिन इरानी टोलीलाई भ्रमणका लागि निमन्त्रणा पनि दिएको थियो। तर, इरानी पक्षले हालसम्म उक्त निमन्त्रणाको कुनै जवाफ दिएको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande