नेपालको जाजरकोटमा पैह्रोमा परी तीन जनाको मृत्यु, चार जना अझै बेपत्ता
जाजरकोट में आए भूस्खलन के बाद उद्धार कार्य जारी


काठमाडौं, १६ अगस्त (हि.स.)। नेपालका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका-स्थित रिसाड क्षेत्रमा गएको पैह्रोमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्।

सशस्त्र पुलिस बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ।

पुलिसका अनुसार, बेपत्ता भएकामध्ये रिसाडकी ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रती खत्रीको शव फेला परेको छ। साथै, घाइते ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ।

भेरी नगरपालिका-चिसापानी निवासी ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँ निवासी १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्।

पैह्रोका कारण आठ वटा घरमा पनि ठूलो क्षति पुगेको पुलिसले जनाएको छ। आइतबार बिहान करिब ५:३० बजी गएको पैह्रोमा ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चन्दरा तथा ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन्।

घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ।

बेपत्ता व्यक्तिहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र पुलिस बल नेपाल गुल्म जाजरकोट र नेपाल पुलिसको संयुक्त टोली आज बिहानदेखि परिचालन गरिएको छ। उक्त टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीले गरिरहेका छन्।

घटनास्थलमा सशस्त्र पुलिस, नेपाली सेना र नेपाल पुलिसगरी कुल १५५ जना सुरक्षाकर्मी परिचालित छन्। थप पैह्रोको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित वडाका करिब २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको पुलिसले जनाएको छ।


 rajesh pande