
गुवाहाटी, 22 अगस्त (हि.स.)। जोराबाटमा क्याब चालकहरूको प्रदर्शन लगातार तेस्रो दिन शनिवार पनि यथावत रह्यो। आन्दोलन तीव्र हुनका साथै प्रदर्शनकारीहरूले मेघालयबाट असममा आउने वाहनहरूलाई पूर्ण रूपले रोक लगाइदिएका छन्।
प्रदर्शनकारीहरूले स्पष्ट पारेका छन्, जबसम्म उच्चपदस्थ अधिकारीहरूले घटनास्थलमा आएर माफी माग्दैनन्, तबसम्म आन्दोलन जारी रहनेछ। क्याब चालकहरूले हालैमा मेघालमा भएको विरोध प्रदर्शन अवधि क्षतिग्रस्त बनाइेका वाहनहरूको लागि उचित क्षतिपूर्तिको माग समेत गरेका छन्।
प्रदर्शनकारीहरूले यो पनि भनेका छन्, जबसम्म मेघालय सरकारले असमका चालकहरूको सुरक्षा सुनिश्चित गर्दैन तबसम्म आन्दोलनलाई फिर्ता लिइनेछैन।यसले गर्दा असम-मेघालय सीमामा वाहनहरूको आवागमन प्रभावित भएको छ भने स्थिति पनि तनाउपूर्ण भएको छ।
अर्कोतिर असम औ मेघालयलाई जोड़्ने जोराबाट अतिरिक्त अन्य लगभग तीन वटा स्थानहरूमा क्याब चालकहरूले मेघालयका वाहनहरूलाई असममा प्रवेश गर्नदेखि रोक लगाएका छन् फलस्वरूप स्थिति बिस्तारै विकट हुँदै गइरहेको छ। असम-मेघालयको प्रमुख सम्पर्क मार्गमा क्याब चालकहरू धरनामा बसेका छन्।
यता असम र मेघालयबीच उत्पन्न स्थितिलाई लिएर शनिवार कोइनाधारामा एक महत्वपूर्ण बैठक हुन गइरहेको छ। बैठकमा असमको पक्षबाट मन्त्री अतुल बोरा सामेल हुनेछन् भने मेघालय सरकारको पक्षबाट प्रतिनिधिमण्डल बैठकमा सामेल हुने सम्भावना छ।
मेघालयका विभिन्न क्षेत्रहरूमा असमबाट गएका पर्यटकहरू अहिले पनि फसेका छन्। उनीहरूका परिवारजनले पर्यटकहरूलाई चाँड़ै सुरक्षित असममा फर्काइल्याउनको लागि प्रसासनसित आवश्यक कदम उठाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा