
कामरूप (असम), 22 अगस्त (हि.स.)। कामरूप (ग्रामीण) जिल्लाको नगरबेरा पुलिस स्टेशन अन्तर्गत कल्याणपुरमा नशालु पदार्थ विरोधी अभियान अन्तर्गत पुलिसको टीमले चार जना मानिसहरूलाई प्रचुर मात्रामा हेरोइनसितै पक्राउ गरेको छ।
बोको-छयगाउँका सीडीएसपी औ एपीएस जानकिशोर गोगोईबाट प्राप्त जानकारी अनुसार एसआई चम्पक कलिता (आईसी तुपामारी आउट पोस्ट)-को अगुवाईमा पुलिसको एउटा टीमले एसआई हरजीत दास (ओसी नगरबेरा पुलिस स्टेशन) लगायत अन्य कर्मीहरूको सहयोगमा बितेको राती कल्याणपुरस्थित एउटा घरमा खोजी अभियान सञ्चालन गऱ्यो। यो अभियान स्वतन्त्र गवाहीको उपस्थितिमा चलाइएको हो।
अभियान अवधि पुलिसले दुई वटा कन्टेनरहरूबाट 21 ग्राम संदिग्ध हेरोइन (मोठ वजन 72 ग्राम) औ 30 वटा भरिएका शिशिहरूबाट 25 ग्राम संदिग्ध हेरोइन (मोठ वजन 55 ग्राम) जफत गऱ्यो। टीमले 157 वटा खाली कन्टेनर/शिशि, चार वटा मोबाइल फोन औ 3,240 रुपियां नगद पनि जफत गऱ्यो।
पक्रा पर्ने मानिसहरूको पहिचान जाहादुल इस्लाम, जमिरन नेसा औ तोहिनुल अली (सबै नगरबेरा पुलिस स्टेशन अन्तर्गत कल्याणपुर निवासी) औ धुबड़ी जिल्लाको बिलासीपारा निवासी मो. जमाल बादशाहको रूपमा भएको छ।
पुलिसले भन्यो, प्रतिबन्धित वस्तु र अन्य वस्तुहरूलाई कानूनी प्रक्रियालाी पालन गर्दै जफत गरिएको हो। अग्रिम जाँच भइरहेको छ। कानून अनुरूप कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा