न्यू बङ्गाई गाउँ रेलवे स्टेशनमा 42.41 किलो गाँजा जफत, आरोपी पक्राउ
न्यू बङ्गाई गाउँ रेलवे स्टेशनमा 42.41 किलो गाँजा जफत, आरोपी पक्राउ


बङ्गाई गाउँ, 22 अगस्त (हि.स.)। असमको बङ्गाई गाउँ रेलवे पुलिसले शनिवार न्यू बङ्गाई गाउँ रेलवे स्टेशनमा सञ्चालित एक अभियानमा 42.41 किलो गाँजा जफत गऱ्यो भने यस मामिलामा एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ।

जीआरपी सूत्रले बताएको छ, यो अभियान बितेको राती न्यू बङ्गाई गाउँ रेलवे पुलिस अधिकारी सञ्जीव चौधरीको निगरानीमा त्रिपुरा सुन्दरी एक्सप्रेस (डाउन-बाउण्ड)- को एसी केबिनमा सञ्चालन गरिएको थियो जसमा पुलिसले प्रतिबन्धित वस्तु जफत गऱ्यो भने इमरान शेख नामक यात्रीलाई गाँजा तस्करी गरेकोमा पक्राउ गऱ्यो।

शुरुआती जाँचमा यो गाँजा कथित रूपमा त्रिपुराको अगरतला रेलवे स्टेशनदेखि बेङ्गलुरू लगिँदैथ्यो। रेलवे पुलिस प्रतिबन्धित वस्तुको श्रोत पत्तो लगाउन अनि कथित तस्करीमा सामेल अन्य मानिसहरूलाई चिन्हित गर्न जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande