
नगाउँ (असम), 22 अगस्त (हि.स.)। असमको नगाउँ जिल्लामा रूपहीहाट पुलिसले लगभग 37 लाख रुपियाँको सुपारी चोरी गरेको मामिलामा एकजना व्यक्तिलाई गए राती पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान तेलिया चापरी टुप निवासी जियाबुर रहमानको रूपमा भएको छ।
पुलिसले बताए मुताविक रहमनलाई खैरूल इस्लामको सिकायतको आधारमा पक्राउ गरिएको हो। भनिन्छ, आरोपी कथित रूपमा बर्मिज (म्यान्मार) सुपारीको अवैध व्यापारमा संलिप्त रहिआएको छ। पुलिसले शङ्का व्यक्त गरेको छ, सुपारी चोरीको घटनामा सामेल मानिसहरूमा रहमान पनि एकजना हुनसक्छ।
मामिलामा यो पनि आरोप लगाइएको छ, गुवाहाटीमा तैनाथ एकजना डीएसपी र रुपहीहाट निवासी एकजना व्यक्तिले कथित रूपमा रहमानको पक्षमा मामिलामा हस्तक्षेप गर्ने प्रयास गरे। आरोप अनुसार अधिकारी कालो रङ्गको वाहन मार्फत रूपहीहाट पुलिस थानामा पुगेका थिए, तर त्यहाँ मिडिया र क्यामराको उपस्थितिलाई देखेर फर्किए।
हाल पुलिसले आरोपीसेित जाँचबुझ गरिरहेको छ साथै चोरीको घटनामा कथित रूपमा सामेल अन्य मानिसहरूलाई चिन्हित गरी पक्राउ गर्ने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा