
-कोसी सहित अन्य नदीहरूमा जलाशय निर्माण गर्नको निम्ति बिहारको भागीदारीमाथि सहमति कायम
पटना, 22 अगस्त (हि.स.)। बिहारका उपमुख्यमन्त्री सहजल संसाधन विभागीय मन्त्री विजय कुमार चौधरीले दिल्लीमा भएको उच्चस्तरीय बैठकमा बिहारसित सम्बन्धित पुरानो समस्याहरूको समाधान गर्ने दिशामा पहल भएकोमा हर्ष व्यक्त गरेका छन्। शनिवार उनले बताए, नेपालको कोसी सहित अन्य नदीहरूमा प्रस्तावित उच्चस्तरीय जलाशयहरूको निर्माण गर्नेमाथि चर्चा भयो भने संयुक्त परियोजना कार्यालय (जेपीओ), विराटनगरमा बिहारका प्रतिनिधिहरूलाईसामेल गर्ने निर्देश दिइएको छ।
विजय चौधरीले भने, विदेश मन्त्री एस. जयशङ्करले यस दिशामा सकारात्मक कारबाही गर्ने भरोसा दिलाएका छन्। त्सपछि केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले बताइन्, वित्त वर्ष 2024-25 तथा 2025-26 को बजट प्रावधानमा सिँचाइ र बाढ़ी नियन्त्रणको क्षेत्रमा विशेष सहायता गर्ने घोषणा गरिएको छ। कोसी-मेची लिङ्क सहित अन्य परियोजनाहरूमा प्रक्रियात्मक विलम्बलाई समाधान गर्दै सबै औपचारिकतालाई द्रूत गतिमा पूरा गर्ने निर्देश दिइएको छ।
उपमुख्यमन्त्रीले बताए, बैठकमा फरक्का ब्यारेज र भारत-बङ्गलादेश सन्धिसित सम्बन्धित बिहारका हित अनि चिन्ताहरूमाथि पनि चर्चा भयो। विदेश मन्त्रीले भरोसा दिलाए, यस वर्षको अन्तमा सन्धि नवीकरण गर्दा बिहारसित सम्बन्धित यी मुद्दाहरूको समीक्षा गरिनेछ।
उल्लेखनीय छ, यो बैठक गए शुक्रवार मुख्यमन्त्री सम्राट चौधरीको पहलमा डाकिएको थियो जसमा केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस. जयशङ्कर अतिरिक्त जल शक्ति मन्त्रालय, विदेश मन्त्रालय औ वित्त विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए भने बिहारको पक्षबाट मुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय कुमार चौधर और सांसद सञ्जय कुमार झाले बैठकमा भाग लिएकाथिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा