
गुवाहाटी, 22 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार बताए, केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले सय जना एमबीबीएस विद्यार्थीहरूको नामाङ्कनलाई अनुमति दिनको साथै बङ्गाई गाउँ मेडिकल कलेजलाई औपचारिक स्वीकृति प्रदान गरेको छ।
यस स्वीकृतिसितै बङ्गाई गाउँ मेडिकल कलेज असमको 15औं मेडिकल कलेज बन्न पुगेको छ भने अर्कोतिर राज्यमा एमबीबीएस सीटको सङ्ख्या बढ़ेर 1,925 पुगेको छ।
मुख्यमन्त्रीले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै असमलाई चिकित्सा शिक्षाको प्रमुख केन्द्र बनाउने दिशामा यो एउटा महत्वपूर्ण माइलखुट्टी हुने बताए। उनले कलेजलाई स्वीकृति दिएकोमा तथा राज्यलाई लगातार सहयोग प्रदान गरेकोमा केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डाप्रति राज्यवासीहरूको पक्षबाट आभार व्यक्त गरे।
मुख्यमन्त्रीले यस उपलब्धिलाई असमको लागि गौरवको क्षण बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा