
बोंगाईगाँव (असम), 22 अगस्त (हि.स.)। बोंगाईगाँव जिल्लाको जोगीगोपा क्षेत्रमा भएको पुलिस भिड़न्तमा एक जना डकैत गम्भीर घाइते भएको छ।
हिजो राति जोगीगोपा पुलिस स्टेशनबाट एक जना पुलिस कन्स्टेबललाई आक्रमण गरेपछि डकैत बारात अली भाग्न खोज्दै थियो, पुलिसले शनिवार बतायो। यसैबीच पुलिस गोली चलाउन बाध्य भयो।
पुलिसको गोलीबारीमा बारात अली घाइते भयो। जसलाई उपचारका लागि अस्पतालमा भर्ती गराइएको छ। पुलिसले घटनाको सम्बन्धमा अर्को एफआइआर दर्ता गरेको छ र गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी