
कोलकाता, 22 अगस्त (हि.स.)। तृणमूल कङ्ग्रेसको शासनकालमा जसरी लक्ष्मी भण्डारको राशि दिइयो, त्यसले मानिसहरूको आदत बिगारेको छ। तर यो बुझ्नुपर्छ कि अन्नपूर्ण योजना अन्तर्गत पात्र महिलाहरूले मात्र राशि पाउनेछन्। अन्यले पाउने छैनन्। अन्नपूर्ण योजना अन्तर्गत तीन हजार रुपियाँ नपाएको सिकायत लिएर राज्यका विभिन्न भागहरूमा विरोध प्रदर्शन भइरहेको अवस्थामा राज्यका पञ्चायत मनन्त्री दिलीप घोषले शनिवार सो टिप्पणी गरे।
शनिवार बिहान भ्रमणमा निक्लेका घोषले पत्रकारहरूसित बातचित गर्दै भने, मानिसहरूलाई लक्ष्मी भण्डारको राशि पाउने आदत बसेको छ। यो कुरा पनि हामीले बुझ्नुपर्छ कि सबै सुविधाहरू सबै मानिसहरूको लागि होइन। केन्द्र सरकारले धेरै वटा योजनाहरू शुरू गरेको छ राज्य सरकारले पनि केही योजनाहरूलाई सञ्चालन गरिरहेको छ। हरेक योजनाको आफ्नो सीमा अनि पात्रता तय छ। निर्धारित पात्रको दायरामा परेकाहरूलाई मात्र राशि दिइन्छ।
दिलीप घोषले भने, “सबैलाई दान-दक्षिणा दिइनेछ, यस किसिमको आदत तृणमूल कङ्ग्रेसले बिगारेको हो। यो कुरा सबैले बुझ्नुपर्छ। यो चल्न सक्दैन।”
लगभग दुई हप्तापूर्व प्रशासनको शीर्ष स्तरबाट आश्वासन दिइएको थियो, अन्नपूर्ण योजनाको लागि पात्र मानिने लाभार्थीहरूलाई 17 अगस्तदेखि राशि दिइनेछ।तर राशि नपाएको सिकायत लिएर गत बिहीवारदेखि राज्यका विभिन्न भागहरूमा विरोध प्रदर्शन अनि सड़क अवरोध गर्न शुरू गरिएको छ।
गए शुक्रवार मेदिनीपुर पुगेकी राज्यकी नगरविकास मन्त्री अग्निमित्रा पाललाई पनि यस मुद्दामा प्रश्नहरूको सामना गर्नु परेको थियो। कर्नेलगोलाको छेउमा भाजपा नेता तथा कार्यकर्ताहरूले मन्त्रीलाई स्वागत गरिरहेको बेला त्यहाँ उपस्थित केही महिलाहरूले उनलाई सोधे- “दीदी, अन्नपूर्ण भण्डार किन पाएको छैन?”
उक्त प्रश्नले नगर विकास मन्त्रीलाई असहज स्थितिमा पाऱ्यो। उनले महिलाहरूलाई यस सम्बन्धमा स्थानीय विधाकसित बातचित गर्ने सल्लाह दिएकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा