
-केन्द्रिय राज्यमन्त्रीले कङ्ग्रेसलाई लक्षित गरे
फरिदाबाद, 22 अगस्त (हि.स.)। केन्द्रिय सहकारिता राज्य मन्त्री कृष्णपाल गुर्जरले कङ्ग्रेसमाथि चर्को हमला गर्दै भने, मलाई लाग्छ कङ्ग्रेस अब मुस्लिम लीग भएको छ, यदि यसलाई मुस्लिम लीग कङ्ग्रेस भन्यो भनने राम्रो हुनेछ। गुर्जरले शनिवार सेक्टर-28 स्थित कार्यालयमा पत्रकारहरूसित बातचित गरिरहेका थिए।
उनले कङ्ग्रेसले भोट ब्याङ्कको राजनीतिले गर्दा देशको राष्ट्रिय भावनासित खेलवाड़ गरिरहेको छ। वन्दे मातरमको मात्र दुई छन्द गाएकोमा कङ्ग्रेसद्वारा उठाइएको प्रश्नमा उनले भने, 1937 सालमा मुस्लिम लीगको दबावमा कङ्ग्रेसले वन्दे मातरमका चार वटा छन्दहरूलाई हटाएर दुई वटा छन्दमा सीमित बनाएको थियो।
उनले भने, जिन्ना नेतृत्वाधिन मुस्लिम लीग धर्मको आधारमा देश विभाजनको निम्ति जिम्मेवार रहेको छ, तर आज उसको कुनै नेतृत्व छैन। तथापि कङ्ग्रेसले त्यै बाटो अप्नाइरहेको छ। कृष्णपाल गुर्जरको यो बयान यस्तो समयमा आएको छ जतिबेला वन्दे मातरमलाई लिएर कङ्ग्रेस र भाजपामाझ राजनीतिक बयानबाजी तीव्र भएको छ।
राहुल गान्धीले थाना बाहिर प्रदर्शन गरेको सन्दर्भमा कृष्णपाल गुर्जरले कङ्ग्रेसलाई लक्षित गरे। उनले भने, देशको प्रमुख विपक्षी पार्टीका नेताले थाना बाहिर धरना दिनु शोभा दिँदैन। जुन मामिलालाई लिएर राहुल गान्धीले प्रदर्शन गरिरहेका छन्, त्यसको निम्ति सुप्रीम कोर्टले पहिला नै कमिटी गठन गरेर जाँच गरिरहेको छ। यस स्थितिमा थाना बाहिर बसेर प्रदर्शन गर्नुको कुनै औचित्य छैन। उनले कङ्ग्रेस नेताहरूलाई आत्मचिन्तन गर्ने सल्लाह समेत दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा