
नयाँ दिल्ली, 22 अगस्त (हि.स.)। पश्चिमी जिल्लाको फतेह नगर क्षेत्रमा गए शुक्रवार रङ्ग लगाउने काम गरिरहेको समय माथिबाट झरेर एकजना श्रमिकको मृत्यु भयो भने दोस्रो गम्भीर रूपमा घाइते भए। दुर्घटनामा डीडी-42 र डीडी-43, फतेह नगरमा भएको हो। पुलिस मुताविक दुवै श्रमिकहरूले पर्याप्त सुरक्षा व्यवस्था बिनै अग्लो भवनमा रङ्ग लगाउने काम गरिरहेका थिए। यसै अवधि उनीहरू तल झरे।
पुलिसलाई गए 21 अगस्तको अपरान्ह पीसीआर कलको माध्यमबाट उक्त दुर्घटना बारे सूचना प्राप्त भयो। त्यसपछि हरि नगर थानाको पुलिस घटनास्थलमा पुग्यो, तर त्यसबेलासम्ममा दुवै घाइतेहरूलाई अस्पतालमा पुऱ्याइसकेको थियो। मामिलाको गम्भीरतालाई केन्द्र गर्दै क्राइम टीमले घटनास्थलको निरीक्षण गरी प्रमाण जुटायो। पुलिस अनुसार अस्पतालमा एकजना अज्ञात मजदुरलाई डाक्टरहरूले मृत घोषित गरिदिए। जाँचमा मृतकको पहिचान गोविन्दपुरी निवासी मुन्ना शाह (44)- को रूपमा भएको छ भने घाइते दोस्रो मजदुर राजेश निवासी सङ्गम विहार, सण्डे मार्केटलाई दशमेश अस्पतालमा भर्ती गरिएको छ। उसको शीररभरि गम्भीर चोट लागेको छ। पीड़ा अधिक भएको कारणले हाल उसले पुलिसलाई बयान दिन सकेको छैन। पुलिसले उसकै बयानको आधारमा दुर्घटनासित सम्बन्धित अन्य तथ्यहरू जुटाउनेछ। प्रारम्भिक जाँचमा घटनास्थलको निरीक्षण, साक्ष्य एवं वरपरको परिस्थितिको आधारमा पत्तो लागेको छ, दुवै मजदुरहरू रङ्ग लगाउने काम गरिरहेको समय माथिबाट तल झरेका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा