स्कूलमा महिला अशिक्षण कर्मचारीमाथि कुटपिट गरेको आरोप विद्यार्थीहरूमाथि, भिडियो भाइरल
स्कूलमा महिला अशिक्षण कर्मचारीमाथि कुटपिट गरेको आरोप विद्यार्थीहरूमाथि, भिडियो भाइरल


मालदा, 22 अगस्त (हि.स.)। विद्यार्थीहरूले स्कूलभित्र पसेर एकजना महिला अशिक्षण कर्मचारीमाथि कुटपिट गरेको आरोप शनिवार प्रकाशमा आएको छ। घटनाको भिडियो सोशल मीडियामा भाइरल भइरहेको छ। तथापि हिन्दुस्थान समाचार-ले उक्त भिडियोको पुष्टि गर्दैन। पीड़ित महिला कर्मचारीले आरोप लगाइन्, स्कूलका प्रभारी प्रधानाध्यापक र केही सहायक शिक्षकहरूले उक्साएको कारणले विद्यार्थीहरूले उनीमाथि कुटपिट गरेका हुन्। तर स्कूल प्रबन्धनले महिला कर्मचारीका आरोपहरूलाई खारेज गर्दै उनीमाथि झुटो बोलेको आरोप लगाएका छन्। मालदाको बामनगोलास्थित जगदल हाई स्कूलको उक्त मामिला अब थानासम्म पुगेको छ।

महिलाको लगभग डेढ़ वर्ष अगाड़ि जगदल हाई स्कूलमा अशिक्षण कर्मचारीको रूपमा नियुक्त भएको थियो। गए शुक्रवार एकजना पूर्व छात्रलाई ट्रान्सफर सर्टिफिकेट (टीसी) दिनेलाई लिएर उनीसित विवाद भयो। आरोप छ, यतिकैमा केही छात्र-छात्राहरूले स्टाफ रूममा पसेर उनीमाथि कुटपिट गर्न थाले।

भाइरल भिडियोमा कुटपिट गरेको दृश्य देख्न सकिन्छ। आरोप छ, महिला कर्मचारीले पनि जवाफी रूपमा केही विद्यार्थीहरूलाई कुटिन्।

महिलाले आरोप लगाइन्, स्कूलका प्रभारी प्रधानाध्यापक अमित हालदारले उक्साएको अनि कथित रूपमा समर्थन गरेको कारणले विद्यार्थीहरूले उनीमाथि कुटपिट गरेका हुन्। यस सम्बन्धमा उनले बामनगोला थानामा लिखित सिकायत दर्ता गरेकी छन्।

घटनाको भाजपाले निन्दा गरेको छ। दक्षिण मालदा भाजपाका महासचिव विश्वजीत रायले भने, स्कूलकी महिला कर्मचारीसित जसरी कुटपिट गरिएको छ, त्यसको पुलिस प्रसासनले जाँच गरी कारबाही गर्नुपर्छ।उनले यो पनि भने, महिलालाई कथित रूपमा आपत्तिजनक प्रस्ताव दिइएको आरोप पनि छ। उनले स्कूलमा कुनै पनि किसिमको राजनीतिलाई सहन नगरिने पनि बताएका छन्।

अर्कोतिर तृणमूल नेता विश्वजीत घोषले घटनाको निष्पक्ष जाँच गर्ने माग गरेका छन्। उनले भने, दोषी पाइएमा सम्बन्धित मानिसहरूमाथि कड़ा कारबाही हुनुपर्छ। उनले यस घटनाको पार्टीसित कुनै सम्बन्ध नरहेको बताएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande