यूएसएमले डिजिटल क्षेत्रमा फड़्को माऱ्यो
यूएसएमले डिजिटल क्षेत्रमा फड़्को माऱ्यो


पश्चिम बर्दवान, 22 अगस्त (हि.स.)। डिजिटलाइजेशन औ स्मार्ट सञ्चालनको दिशामा थप अर्को महत्वपूर्ण कदम उठाउँदै यूनिभर्सल सेक्शन मिल (यूएसएम)- को यार्ड म्यानेजमेन्ट सिस्टम र रोल म्यानेजमेन्ट सिस्टमको उद्घाटन गरियो। आईएसपी, डीएसपी र एएसपीका डाइरेक्टर इ़ञ्चार्ज सुरजित मिश्राले यी दुवै डिजिटल प्रणालीहरूको उद्घाटन गरे।

दुवै प्रणालीलाई इन-हाउस विकसित गरिएको छ भने यसलाई आईएडी (ए एंड डी)- का सीनियर म्यानेजर श्री रवि शङ्कर पाण्डेले यूएसएम डिस्प्याच, रोल शप, असेम्बली औ अपरेशन्स टीमहरूको सहयोगमा तयार गरेका हुन्।

यी डिजिटल प्रणालीहरूको उद्देश्य स़ञ्चालनको निगरानीलाई मजबुत बनाउनु, सामग्रीको ट्रेसबिलिटी बढ़ाउनु, प्रक्रियाहरूलाई सुव्यवस्थित बनाउनु, ढिलो तथा म्यानुअल हस्तक्षेपलाई कम गर्नु अनि डेटाको आदारमा द्रूत गतिमा निर्णय लिनमा मद्दत गर्नु हो।

यूएसएम यार्डले म्यानेजमेन्ट सिस्टम वेब र मोबाइल एप्लिकेशनको माध्यमबाट फिनिश्ड यार्डलाई डिजिटल रूपमा म्याप र मनिटर गर्नेछ जसको माध्यमबाट सामग्रीहरूको ट्र्याकिङ्ग, स्ट्याक अनुसार म्यापिङ, 3डी भिजुअलाइजेशन, एआई आधारित डिस्प्याच म्यानेजमेन्ट र रियल टाइम स्टेटस मनिटरिङ्गको सुविधा प्राप्त हुनेछ।

उद्घाटनको अवसरमा डािरेक्टर इञ्चार्ज श्री सूरजित मिश्राले टीमलाई यी दुई प्रणालीहरूको इन हाउस विकास गर्नको लागि सफल भएकोमा बधाई दिए। उनले यस पहलमा विभिन्न टीमहरूबीच भएको सहयोगको सराहना गर्दै भने, भविष्यमा पनि यस्तो नवीन डिजिटल प्रणाली विकसित गरिनेछ जसले प्रक्रियाहरूलाई सरल बनाउनेछ, दक्षता बढ़ाउनेछ अनि सङ्गठनको लागि वास्तविक लाभ उत्पन्न गर्नेछ।

ईडी (वर्क्स) श्री विपिन कुमार सिंहले पनि टीमलाई बधाई दिँदै औद्योगिक सञ्चालनलाई परिवर्तनशील डिजिटलाइजेशनको बढ़्दो भूमिकामाथि बल दिए। उनले भने, यस किसिमको पहलबाट प्लान्टमा भिजिबिलिटी, दक्षता र रिस्पोन्सिवनेस बढ़्छ अनि स्टील प्लानलाई अधिक स्मार्ट र छरिटो बनाउनमा मद्दत मिल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande