'ट्याब घोटालाकाण्डः प्रधान शिक्षक र क्लर्क पक्राउ
'ट्याब घोटालाकाण्डः प्रधान शिक्षक र क्लर्क पक्राउ


मालदा, 22 अगस्त (हि.स.)। राज्यमा सरकार परिवर्तन भएपछि सीआईडीले फेरि ट्याब काण्डको जाँचलाई तीव्रता दिएको छ। गए शुक्रवार बिहान मालदाको हबिबपुरस्थित केन्दपुकुर हाई स्कूलका प्रधान शिक्षक र क्लर्कलाई पक्राउ गरियो।

सीआईडीले स्कूलका प्रधान शिक्षक दुलाल मण्डल र क्लर्क राजेश चौधरीलाई पक्राउ गरी मालदा जिल्ला अदालतमा पेश गऱ्यो। अदालतले दुवैलाई पाँच दिनको सीआईडी हिरासतमा राख्ने निर्देश दिएको छ।

वास्तवमा नोभेम्बर, 2024- मा त्यसबेला राज्यभरि नै खैलाबैला मचिएको थियो जतिबेला स्कूलका विद्यार्थीहरूलाई सरकारद्वारा दिइने ट्याबको राशि विद्यार्थीहरूको खातामा पुग्नको सट्टा अन्य खाताहरूमा पुगेको मामिलाको खुलासा भएको थियो। मालदा जिल्लाको हरिश्चन्द्रपुर, वैष्णवनगर औ हबिबपुर सहित केही क्षेत्रहरूका स्कूलहरूमा पनि ट्याबको राशिमा कथित अनियमितता भएको आरोप लागेको थियो।

मामिलाको जाँच सीआईडीलाई सुम्पिइएको थियो। त्यसताक मालदा र उत्तर दिनाजपुरको इटाहार सहित विभिन्न स्थानहरूबाट केही आरोपीहरूलाई पक्राउ पनि गरिएको थियो। तथापि पछि जाँचको गति मन्द भएको थियो।

अब सरकार परिवर्तन भएपछि सीआईडीले यस मामिलाको जाँच नयाँ शिराबाट शुरू गरेको छ। जाँचको क्रममा हबिबपुर थाना अन्तर्गत केन्दपुकुर हाई स्कूलमा 91 जना विद्यार्थीहरूको ट्याबको राशि कथित रूपमा अर्को ब्याङ्क खातामा गएको खुलासा भएको छ।

यस मामिलामा तत्कालीन जिल्ला विद्यालय निरीक्षक बाणिब्रत साहाले स्कूलका प्रधान शिक्षकविरूद्ध थानामा सिकायत दर्ता गराएका थिए। त्यसपछि प्रधान शिक्षकको पक्षबाट स्कूलका क्लर्कविरूद्ध सिकायत गरिएको थियो। अब सीआईडीले दुवैलाई पक्राउ गरी मामिलाको जाँचलाई अगाड़ि बढ़ाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande