
नयाँ दिल्ली, 22 अगस्त (हि.स.)। दिल्लीका मेयर प्रवेश वाहीले उत्तर पश्चिम क्षेत्रको प्रशान्त विहारमा शनिवार मेगा मार्चको आयोजन गरे। उनले भने, निगम दिल्लीलाई स्वच्छ, फोहोर मुक्त एवं हरियाली बनाउनको लागि प्रतिबद्ध छ।
दिल्लीका मेयर प्रवेश वाहीले स्वच्छताप्रति जागरूकता फैलाउनको लागि आयोजित मेगा मार्चमा लगभग दुई किलोमीटर हिँड़ेर श्रमदान गरे भने सड़कमा झाड़ुले बड़ाले। उनले सड़क किनारका रूखहरूको छटाई गर्ने अनि सड़कहरूबाट अतिक्रमणलाई हटाउनको लागि कड़ा कारबाही गर्ने निर्देश दिे।
प्रवेश वाहीले सड़कहरूमा परेको खाल्डोलाई भर्नको लागि अधिकारीहरूलाई आदेश दिए। मेगा मार्च अवधि लामखुट्टे मार्ने कीटनाशक औषधिको छिड़काउ पनि ग रियो। नागरिकहरूलाई जागरूक बनाुनको निम्ति स्वच्छतामाथि एउटा सडक़ नाटक पनि आयोजना गरियो।
मेगा मार्चमा ममेयरले नागरिकहरूलाई सम्बोधन गर्दै भने, स्वच्छता दिल्ली नगरनिगमको प्राथमिक कार्य हो, दिल्लीलाई विश्वस्तरीय शहर बनाउने अभियानमा जनताको प नि साथ चाहिन्छ। उनले भने, सबैले स्वच्छतालाई आफ्नो आदत बनाएर यस अभियानलाई सफल बनाऔं।
मेयरले भने, नगर निगमको दिल्लीलाई फोहोरदेखि स्वतन्त्र अभियान सफाईसम्म मात्र सीमित रहनेछैन, यसको उद्देश्य स्वच्छताप्रति नागरिकहरूमा जागरूकता बढ़ाउनु, सार्वजनिक स्थानहरूमा नियमित रूपमा सफाई सुनिश्चित गर्नु तथा जनप्रतिनिधि, निगम कर्मचारी अनि नागरिकहरूको एउटा समूहलाई स्वच्छता अभियानसम्म जोड़्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा