
पुरुलिया, 22 अगस्त (हि.स.)। जिल्लाको छातना सुपर स्पेशियलिटी अस्पतालमा अत्याधुनिक इएनटी सर्जिकल डिजिटल माइक्रोस्कोव सिस्टमको सुविधा शुरू गरिएको छ। विधायक सत्यनारायण मुखोपाध्यायको पहलमा लगभग 15 लाख रुपियाँको लागतमा यस अत्याधुनिक मशिनलाई स्थापना गरी सञ्चालनमा ल्याइएको हो।
बितेको शुक्रवार रिबन काटेर विधायक सत्यनारायण मुखोपाध्यायले नयाँ उपकरणको उद्घाटन गरे। यस अवसरमा अस्पतालका सुपर डा. तापस कुमार मण्डल, असिस्टेन्ट सुपर तमाल बसु, इएनटी विभागका चिकित्सक डा. मनोमय खान समेत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू उपस्थित थिए।
विधायकले भने, क्षेत्रवासीलाई आधुनिक चिकित्सा सुविधा नजिकै उपलब्ध गराउने उद्देश्ययले छातना अस्पतालको बुनियादी ढाँचालाई विकास गर्नेमाथि बल दिरहेको छ। उनले भने, नयाँ माइक्रोस्कोपले ईएनटी चिकित्सा औ जटिल सर्जरीमा महत्वपूर्ण भूमिका निभाउनेछ।
इएनटी चिकित्सक डा. मनोमय खानले बताए, नयाँ तकनिकको मद्दतले रोगहरूको जाँच अनि विभिन्न इएनटी सर्जरीमा पहिलाभन्दा श्रेष्ठ चिकित्सा सुविधा उपलब्ध गराउन सम्भव हुनेछ।
अस्पतालका सुपर डा. तापस कुमार मण्डलले भने, अत्याधुनिक उपकरण जुड़िएपछि इएनटी विभागको चिकित्सा ढाँचा अझ सशक्त भएको छ। यसबाट चिकित्सकहरूलाई रोगहरूको जाँच अनि जटिल सर्जरीमा आधुनिक तकनिकको लाभ प्राप्त हुनेछ भने रोगीहरूलाई श्रेष्ठ चिकित्सा सेवा प्रदान गर्न सकिन्छ।
नयाँ उपकरण शुरू भएकोले कान, नाक र गलासित सम्बन्धित विभिन्न जटिल बिमारीहरूको उपचार अनि सर्जरीको लागि छातना सुपर स्पेशियलिटी अस्पतालमा पहिलाको तुलनामा अझ राम्रो चिकित्सा सुविधा उपलब्ध हुने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा