बङ्गलादेशमा जस्तै भारतका युवाहरूलाई पनि भड़्काउने प्रयास भइरहेको छः भास्कर भट्टाचार्य
बङ्गलादेशमा जस्तै भारतका युवाहरूलाई पनि भड़्काउने प्रयास भइरहेको छः भास्कर भट्टाचार्य


हुगली, 22 अगस्त (हि.स.)। पश्चिम बङ्गाल सरकारका पीएचई एवं श्रम विभागीय राज्य मन्त्री भास्कर भट्टाचार्यले शनिवार सोशल मीडियामा एउटा पोस्टको माध्यमबाट भारत विरोधी शक्ति तथा ‘डीप स्टेट’ -लाई लिएर चिन्ता व्यक्त गरे। उनले आरोप लगाए, जसरी बङ्गलादेशका युवाहरूलाई गलत दिशामा लगियो, त्यसरी नै भारतका युवाहरूलाई पनि भड़्काउने प्रायस गरिंदैछ।

मन्त्रीले आफ्नो फेसबुक पोस्टमा लेखे, देशे यस कुरामाथि गम्भीर रूपमा विचार गर्नुपर्छ कि यस ‘कक्रोच पार्टी’ -को पछाड़ि एजेण्डा के होय़ उनले दाबी गरे, बाहिरी देशको भारत विरोधी शक्तिले देशको युवा शक्तिलाई गलत दिलामा लैजाने प्रयास गरिरहेको छ।

भास्कर भट्टचार्यले भने, यस्ता शक्तिहरूले भारतको बढ़्दो शक्तिलाई रोक्न चाहन्छ र योसित देशको युवा समाजको भविष्य जोड़िएको छ। उनले बङ्गलादेशको उदाहरण दिँदै दाबी गरे, त्यहाँ देशको भविष्यलाई नोक्सान पुऱ्याएपछि अब कथित ‘डीप स्टेट’- को नजर भारतमाथि परेको छ।

मन्त्रीले आफ्नो पोस्टमा भने, यस्ता प्रयासहरूलाई सफल हुन दिइनेछैन। उनले देशको युवा शक्ति तथा भारतको भविष्यप्रति सतर्क रहने आवश्यकतामाथि बल दिए।

तथापि आफ्नो पोस्टमा मन्त्रीले ‘कक्रोच पार्टी’ र ‘डीप स्टेट’- सित सम्बन्धित आफ्ना आरोपहरूको समर्थनमा कुनै विस्तृत तथ्य वा प्रमाण प्रस्तुत गरेका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande