
हुगली, 22 अगस्त (हि.स.)। पश्चिम बङ्गालकी स्वास्थ्य राज्य मन्त्री सुमना सरकारले शनिवार अचानक श्रीरामपुर वल्स सुपर स्पेशियलिटी अस्पतालको निरीक्षण गरिन्। यस अवधि उनले अस्पतालमा रोगीहरू अनि नर्सहरूसित बातचित गरी स्वास्थ्य सेवाहरू तथा उनीहरूलाई प्राप्त सुविधाहरूको बारेमा जानकारी लिए।
निरीक्षण अवधि अस्पतालका सुपर उपस्थित थिएनन् जसले गर्दा उनीसित प्रत्यक्ष बातचित हुन सकेन। मन्त्रीले अस्पतालका विभिन्न व्यवस्थाहरूको जायजा लिइन् अनि रोगी तथा स्वास्थ्य कर्मीहरूसित उनीहरूको समस्या बारे जानकारी लिइन्।
सुमना सरकारले बताइन्, अस्पतालको आउटडोरमा काउन्ट खोल्ने सम्बन्धमा एउटा समस्या देखिएको छ। सम्बन्धित अधिकारीहरूलाई चाँड़ोभन्दा चाँड़ो काउन्टर खोल्न भनिएको छ। यस अतिरिक्त मन्त्रीले अस्पतालमा स्वच्छता सुनिश्चित गर्ने निर्देश पनि दिइन्।
स्वास्थ्य राज्य मन्त्रीको अचानक निरीक्षणलाई लिएर अस्पताल परिसरमा खैलाबैला भएको देख्न पाइयो। मन्त्रीले अस्पतालमा स्वास्थ्य सेवाहरूलाई श्रेष्ठ बनाउन अनि रोगीहरूलाई सुविधा उपलब्ध गराउनेमाथि बल दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा