
कोलकाता, 22 अगस्त(हि.स.)। न्यूटाउनको स्वामीजी नगर क्षेत्रमा शनिवार बिहान बिहान एउटा बस्तामा खाँदिएको एकजना युवकको आधा सड़ेको शव भेटिनाले खैलाबैला मचियो। सड़क किनारमा संदिग्ध अवस्थामा बस्ता लड़िरहेको देखेर स्थानीय मानिसहरूलाई शङ्का लाग्यो।सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि बस्तालाई खोलेर हेर्दा भित्र युवकको शव थियो।
पुलिसले शवलाई जफत गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिस अनुसार मृतकको पहिचान सौरभ विश्वासको रूपमा भएको छ जसको उमेर लगभग 32-35 वर्ष रहेको बताइएको छ। प्रारम्भिक जाँचमा पुलिसले आशङ्का व्यक्त गरेको छ, युवकको हत्या दुई-तीन दिन अगावै भएको हुनसक्छ।
पुलिस अनुसार युवकको शरीरमा धेरै ठाउँ चोट लागेको छ। उसको शरीरभरि खोपेको निशान पनि छ। यसबाट शवलाई चिन्हित गर्नमा पुलिसलाई सहयोग मिल्ने आशा छ।
घटनाको जाँच अन्तर्गत पुलिसलाई घटनास्थल वरिपरीका सीसीटीभी क्यामराबाट केही महत्वपूर्ण दृश्यहरू प्राप्त भएको छ। पुलिसले अब सीसीटीभी फुटेजको जाँच गरेर यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि शवलाई त्यहाँ कसले र कहिले फाल्यो।
इको पार्क थानाको पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। हत्या पछाड़िको कारण तथा तथा त्यसमा को-को सामेल छ, यसको पत्तो लगाउनको लागि पुलिसले हरेक पाटो र पक्षको जाँच गरिरहेको छ। पोस्टर्मटम रिपोर्टबाट युवकको मृत्युको कारण अझ स्पष्ट हुने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा