अदालतमा पेशी निम्ति ल्याइएका पूर्व विधायक निर्मल घोषले सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाए
अदालतमा पेशी निम्ति ल्याइएका पूर्व विधायक निर्मल घोषले सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाए


कोलकाता, 22 अगस्त (हि.स.)। आरजी कर मामिलामा पक्रा पर्ने पानीहाटीका पूर्व तृणमूल कङ्ग्रेस विधायक निर्मल घोषले पश्चिम बङ्गालको भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि इशारा-इशारामा प्रतिशोधको राजनीति गरेको आरोप लगाए। पूर्व विधायकलाई शनिवार फेरि अदालतमा पेस गरियो। अदालतमा लैजानअघि मेडिकल जाँच गरेर फर्किँदा निर्मल घोषले भने, सरकारले परिवर्तन भयो, त्यसैले नयाँ सरकारले विरोधीहरूसित यस्तो व्यवहार गरिरहेको छ।

अदालतम पेश हुनअघि निर्मल घोषले आफ्नो पक्राउ अनि पुलिस कारबाहीलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै भने, सरकार परिवर्तन भएपछि विरोधीहरूसित यस्त व्यवहार गरिरहेको छ। उनको यस बयानले मामिलालाई लिएर राजनीतिक विवाद अझ बढ़्ने सङ्केत देखिएको छ।

उल्लेखनीय छ, निर्मल घोषलाई 13 अगस्त, 2026-मा ओडिशाको पुरीबाट पक्राउ गरिएको थियो। उनलाई वर्ष 2024-मा भएको आरजी कर मेडिकल कलेज एवं अस्पतालकी महिला चिकित्सकसित दुष्कर्म एवं हत्याको मामिलासित सम्बन्धित एउटा भिन्नै मामिलामा पक्राउ गरिएको छ। पुलिस अनुसार उनीमाथि आरोप छ, चिकित्सकको शवको हतार-हतार अन्तिम संस्कार गराउने अनि घटनासित जोड़िएका प्रमाणहरूलाई प्रभावित पार्नमा उनको पनि भूमिका थियो।

यस मामिलामा निर्मल घोष बारेक पानीहाटी नगरपालिकाका पूर्व चेयरमैन सोमनाथ दे र स्थानीय तृणमूल नेता सञ्जीव मुखोपाध्यायका नाम पनि सामु आएको छ। पुलिसले निर्मल घोषविरूद्ध प्रमाण नष्ट बनाएको, आपराधिक षड़यन्त्र रचेको तथा दबाव दिएर कुनै कार्य गराएको जस्तो गम्भीर आरपमा कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande