पहाड़ समस्याको समाधान गर्न कमिटी गठन गरिने
पहाड़ समस्याको समाधान गर्न कमिटी गठन गरिने


सिलगढ़ी, 22 अगस्त (हि.स.)। पहाड़मा पछिल्लो लामो समयदेखिकै व्याप्त विभिन्न समस्या अनि मागहरूलाई समाधान गर्नको लागि अन्तत9 सिलगढ़ीको न्यू चामटास्थित एक रिसोर्टमा म्याराथन बैठक सम्पन्न भयो। बैठकमा केन्द्रिय गृहमन्त्री अमित शाह, राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी समेत पहाड़का केही नेता अनि राजनीतिक प्रतिनिधिहरू उपस्थित थिए। लामो चर्चापछि पहाड़को समस्या समाधान गर्नको लागि एउटा विशेष कमिटी गठन गर्ने निर्णय लिइयो।

बैठकपछि दार्जीलिङका सांसद राजू बिष्टले पत्रकारहरूलाी बताए, पहाड़का पुराना समस्याहरूको समाधान गर्नको लागि अब एउटा कमिटी बनाइनेछ। यसै कमिटीको मध्यस्थको रूपमा पङ्कज कुमार सिंहले जिम्मेवारी वहन गर्नेछन् जसलाईकेन्द्र सरकारले पहिला नै यो जिम्मेवारी सुम्पिसकेको छ। कमिटीमा पहाड़का अन्य राजनीतिक तथा सामाजिक नेताहरूलाई पनि सामेल गरिनेछ।

यो कमिटीले पहाड़का विभिन्न समस्या, माग एवं अन्य सम्बन्धित मुद्दाहरूमाथि काम गर्नेछ। बैठकमा पहाड़सित सम्बन्धित केही महत्वपूर्ण विषयहरूमा चर्चा गरियो। चर्चाको आधारमा एउटा ग्राफ पनि तयार गरिएको छ। आगामी बैठकमा यस ग्राफको समीक्षा गरेपछि भविष्यको रणनीति तय गरिनेछ।

यता राज्यसभा सांसद हर्षवर्धन श्रृङ्गलासित अलग राज्य गोर्खाल्याण्डको मागलाई लिएर प्रश्न गर्दा उनले यस मुद्दामा टिप्पणी गर्नदेखि अस्वीकार गरे। उनले गोर्खाल्याण्डको मुद्दामा हाल कुनै बयान दिनदेखि अस्वीकार गरे। बैठकमा उपस्थित अन्य नेताहरूको पक्षबाट पनि यस विषयमा कुनै स्पष्ट बयान दिइएन।

अर्कोतिर गोर्खा जनमुक्ति मोर्चाका नेता रोशन गिरीले बताए, पहाड़को समस्यालाई केन्द्र सरकार समक्ष राख्नको लागि एउटा कमिटी गठन गरिएको हो। यस कमिटीको माध्यमबाट पहाड़का विभिन्न माग अनि समस्याहरूलाई केन्द्र समक्ष उठाइनेछ।

रोशन गिरीले भने, संवैधानिक नियमहरू अन्तर्गत नै समस्याहरूको समाधान खोजिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande