
किशनगञ्ज, 22 अगस्त (हि.स.)। जिल्लाको टेढ़ागाछ खण्ड अन्तर्गत मटियारी पञ्चायतको वार्ड सङ्ख्या 10-मा शनिवार तलाउमा डुबेर दुई जना नानीहरू (एकजना बालक र दोस्रो बालिका)- हरूको मृत्यु भयो। यस दुर्घटनाको कारणले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। मृतकहरूमा वार्ड सदस्य मो. इजहारको भतिज र भतिजी सामेल रहेको बताइएको छ। दुवैको उमेर लगभग 10-12 वर्ष रहेको छ।
मटियारी पञ्चायतका मुखिया प्रतिनिधि सफदर हुसैन अन्सारीले बताए, दुवै नानीहरू शनिवार घरदेखि लगभग 500 मीटर टाड़ामा अवस्थित तलाउमा नुहाउन गएका थिए।
नुहाउँदा-नुहाउँदै दुवै अचानक तलाउको गहिरो पानीमा डुबे। घटनाको जानकारी पाएपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगे। तलाउको छेउमा मानिसहरूको भीड़ एकत्र भयो। खबर सुनेर बाल-बालिकाको परिवार पनि त्यहाँ पुगे।
ग्रामीणहरूले बताए, दुवै नानी परिवारको प्यारो थिए। उनीहरू अचानक गएको कारणले परिवार गहिरो शोकमा डुबेको छ। घटनापछि गाउँमा तलाउ तथा गहिरो जलश्रोतहरूको वरिपरी नानीहरूको सुरक्षालाई लिएर चिन्ता बढ़ेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा