टोटो र अटो चालकहरूलाई विधायक दीपाञ्जन चक्रवर्तीको आश्वासन, भने- एकतर्फी फसेला हुनेछैन
टोटो र अटो चालकहरूलाई विधायक दीपाञ्जन चक्रवर्तीको आश्वासन, भने- एकतर्फी फसेला हुनेछैन


हुगली, 22 अगस्त (हि.स.)। उत्तरपाड़ाका विधायक दीपाञ्जन चक्रवर्तीले शनिवार जीटी रोडमा टोटो परिचालनलाई लिएर उत्पन्न भ्रमबीच टोटो र अटो चालकहरूको लागि एउटा बयान जारी गरे। उनले भने, प्रशासनद्वारा अन्जानमा भएको सञ्चार सम्बन्धी त्रुटिको कारणले टोटो चालकहरूमा फैलिएको भ्रमलाई साम्य बनाइनेछ। एकतर्फी फसेला गरिनेछैन।

विधायकले टोटो र अटो चालकहरूलाई आश्वस्त पार्दै भने, सबै पक्षसित चर्चा गरेर सर्वसम्मतिले बातचितको आधारमा कुनै अग्रिम निर्णय लिइनेछ। उनले भने, कुनै चालकलाई कुनै समस्या छ भने उनीहरूका चार वटा कार्यालयहरूमध्ये एउटामा आएर उनीसित प्रत्यक्ष भेट गर्न सक्नेछ। उनीहरूको समस्या अनिसुझाउलाई गम्भीर रूपमा सुनिनेछ, त्यसपछि आवश्यक कदम उठाइनेछ।

दीपाञ्जन चक्रवर्तीले भने, प्रशासनको जुन अधिकारीको कारणले यो अनावश्यक भ्रम उत्पन्न भएको छ, ती अधिकारीविरूद्ध कानूनी कारबाही गर्नका लागि उनी प्रतिबद्ध छन्।

विधायकले स्पष्ट पारे, परिश्रमी टोटो र अटो चालकहरूको हितलाई सुरक्षित राखेर नै सबै निर्णय लिइनेछ। उनले चालकहरूसित अपील गरे, उनीहरू कुनै पनि प्रकारको भ्रम वा अफवाहको पछाड़ि नलागुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande