पञ्जाबका मुख्यमन्त्रीले चुटकिला मात्र सुनेर टाइम पास गरिरहेका छन्: नायब सिंह सैनी
पञ्जाबका मुख्यमन्त्रीले चुटकिला मात्र सुनेर टाइम पास गरिरहेका छन्: नायब सिंह सैनी


चण्डीगढ़, 22 अगस्त (हि.स.)। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले भने, पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले मात्र चुटकिला सुनेर टाइम पास गरिरहेका छन्। उनले भने, भगवन्त मानले बताउन् कि आम आदमी पार्टीद्वारा पछिल्लो चुनाउमा महिला अनि युवाहरूसित गरिएको वाचाको के भयो? आम आदमी पार्टीले महिलाहरूलाई प्रत्येक महिना एक हजार रुपियाँ दिने वाचा गरेको थियो। तर सरकार गठन भएको 5 वर्ष बितेर दोस्रो कार्यकालको चुनाउ आउन लाग्दा मात्र पञ्जाबका मुख्यमन्त्रीले स्टेजबाट महिलाहरूलाई सोधिरहेका छन्- दिदी-बहिनीहरू एक महिनाको पैसा खातामा हालिदिउँ वा दुई महिना, तीन महिनाको? यो खोलाइँची नभएर के हो त? यसरी नै कानून-व्यवस्थाको खस्किँदो स्थितिको कारणले उद्योगधन्दाहरू पञ्जाबबाट पलायन भइरहेका छन् जसबाट युवाहरू समक्ष रोजगारको सङ्कट उत्पन्न भएको छ, हताश-निराश युवाहरू लगातार नशाको दलदलमा फस्दै गइरहेका छन्।

मुख्यमन्त्री नायब सिंह सैनीले शनिवार पञ्जाबको पटियाला जिल्ला अनन्तर्गत घनौर कस्बेमा आयोजित तीज महोत्सवमा पञ्जाबको मातृशक्तिलाई सम्बोधन गरिरहेका थिए। उनले महिलाहरूलाई नारी सशक्तिकरण, आत्मनिर्भरता औ नशामुक्त समाज निर्माण गर्ने सन्देश दिए। उनले महिलाहरूलाई कोथली र सूट वितरण गरे भने सांस्कृतक कार्यक्रममा प्रस्तुति दिने महिला कलाकारहरूलाई सम्मानित गरे।

मुख्यमन्त्री सैनीले भने, पछिल्लो चुनाउमा आम आदमी पार्टीले पञ्जाबका मानिसहरूलाई भ्रमित पारेर भोट लियो, तर यसपालि पञ्जाबका जनता विशेष गरेर आमा तथा दिदी-बहिनीहरू पूर्ण रूपमा जागरूक भएका छन्। यसपालि महिलाहरू पञ्जाबमा परिवर्तन ल्याउनका लागि तत्पर छन् अनि प्रधानमन्त्री नरेन्द्र मोदीका नीतिहरूबाट प्रभावित भएर उनीहरू पञ्जाबमेा भाजपाको सरकार बनाएर पुनः खुशियाली पञ्जाब बनाउनेछन्। पञ्जाबका युवावर्गले पनि अब यहाँ भाजपाको सरकार बनाउने मन बनाइसकेका छन्।

उनले हरियाणामा महिलाहरूको लागि लागू गरिएका सबै योजनाहरू पञ्जाबमा भाजपा सरकार बनिएपछि लागू गरिने प्रतिबद्धता व्यक्त गर्दै अघि भने, हरियाणामा जस्तै पञ्जाबका किसानहरूको पनि सबै फसलहरूलाई एमएसपीमा खरिद गरिनेछ भने आलू सहित अन्य सब्जी अनि फलहरूको लागि भावान्तर भरपाई योजना लागू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande