
गान्तोक, 22 अगस्त (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चाले नाम्ची जिल्ला युवा प्रकोष्ठ प्रभारी हरुण सुब्बाको असामयिक निधन भएको खबरले पार्टीका सम्पूर्ण सदस्यवर्ग स्तब्ध बनेको बताएको छ। उनको आकस्मिक निधनप्रति पार्टी अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गररेका छन्।
एसकेएम सोशल मिडिया प्रकोष्ठ अध्यक्ष नवीन दाहालले आज जारी प्रेस विज्ञप्तिमा भने, 'दक्षिण सिक्किमको नामथाङ-रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत अप्पर काब्रे निवासी श्री सुब्बाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ। यो नोक्सानी भरपाई गर्न पार्टीलाई लामो समय लाग्ने लाग्नेछ। श्री सुब्बाले एसकेएम पार्टीप्रति दिनुभएको साथ-सहयोग र योगदानलाई पार्टीले सधैँसभरि सम्झनामा राखिरहनेछ।'
सुब्बाले पार्टीको स्थापनादेखि अहिलेसम्म हरेक अवस्थामा आफ्नो तर्फबाट निष्ठा र इमानदारपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उनले उल्लेख गरेका छन्। सुब्बाले आफूपछि श्रीमती, एक छोरा अनि एक छोरीलाई छोड़ेर गएका छन्। एसकेएमले उनको चिर आत्मा शान्तिको कामना गर्दै शोकाकूल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल