भयानक सड़क दुर्घटनामा चार वटा बाइक आपस्तमा भिड़िए, तीन जना युवकको मृत्यु छ जना घाइते
भयानक सड़क दुर्घटनामा चार वटा बाइक आपस्तमा भिड़िए, तीन जना युवकको मृत्यु छ जना घाइते


हरिद्वार, 22 अगस्त (हि.स.)। रुड़कीको पिरान कलियर काँवड़ पटरी मार्गमा गए शुक्रवार अबेर राती एक भीषण सड़क दुर्घटना भयो। चार वटा मोटर साइकल आपस्तमा ठोक्किएर तीन जना युवकहरूको मृत्यु भयो भने अ्य छ जना युवकहरू घाइते भए जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि घटनास्थलमा कोकोहोलो मचियो।

जानकारी अनुसार शुक्रवार 21 अगस्तको अबेर राती चार वटा मोटर साइकल काँवर पटरी मार्ग भएर गु्ज्रिरहेका थिए। यसै अवधि यी बाइकहरू आपस्तमा ठोक्किए। यस भयानक ठक्करमा चारै वटा मोटरसाइकल पूर्ण रूपले क्षतिग्रस्त भएको छ। दुर्घटनापछि बटुवाहरूले घटनास्थलमा पुगेर पुलिसलाई सूचित गरिदिए।

सूचना पाउनसाथ पिरान कलियर कोतवाली प्रभारी निरीक्षक कमल मोहन भण्डारी र रुड़की सिभिल लाइन्स कोतवाली पुलिसले घटनास्थलमा पुगेर बटुवाहरूको सहयोगमा घाइतेहरूलाई 108 एम्बुलेन्सको माध्यमबाट रुड़की सिभिल अस्पतालमा पुऱ्यायो। अस्पतालमा चिकित्कसकहरूले तीन जना युवकहरूलाई मृत घोषित गरिदिए भने अन्य 6 जना घाइतेहरूको उपचार भइरहेको छ।

मृतकहरूको पहिचान अयान (18), पुत्र शहजाद निवासी बिझोली, कोतवाली मङ्गलौर, राजू (24) ,पुत्र कदम सिंह औ राजीव (18) पुत्र मोल्हड़ सिंह निवासी रहमतपुर, कोतवाली पिरान कलियरको रूपमा भएको छ।

पुलिसले घटनास्थलको निरीक्षण गर्नको साथै घटनासित सम्बन्धित तथ्य अनि परिस्थितिहरूको जानकारी जुटाउन शुरू गरेको छ भने शवहरूलाई लिएर कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande