
गुवाहाटी, 23 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार भनने, राज्यमा आधारभूत ढाँचाहरूलाई परिवर्तन गर्ने प्रक्रिया जारी छ। अब विकासको दोस्रो ठूलो फड़्को मार्नको लागि तयार बस्ने समय आएको छ।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, असमका मानिसहरूले राज्यको बुनियादी ढाँचामा भइरहेको परिवर्तनलाई आफ्नै आँखाले देखिरहेका छन्। उनले भने, राजमार्गदेखि लिएर अस्पतालसम्म, घरदेखि पुलसम्म विकास अनि व्यापक परिवर्तनको यो सिलसिला भविष्यमा पनि कायम रहनेछ। उनले भने, सरकारको पहिलो 100 भन्दा अधिक दिनमा भएको काम अहिले त एउटा “ट्रेलर” मात्र हो।
हिमन्त बिस्व सरमाले भने, सरकारले हालका सयभन्दा अधिक दिनमा बुनकरहरूलाई सशक्त बनाउने अनि असमको समृद्ध स्थानीय वस्त्र उद्योगलाई सहयोग दिनको लागि केही कदमहरू उठाएको छ। मुगा रेशमको निर्यात, हतकर्घा उत्पादहरूको खरिद, बुनकरहरूको सशक्तिकरणको माध्यमबाट ग्राामीण अर्थव्यवस्थालाई मजबुत बनाउने अनि आत्मनिर्भर असम निर्माण गर्ने दिशामा प्रयास भइरहेकै छ।
मुख्यमन्त्रीले भने, अपराध अनि अपराधीहरूविरूद्ध असमको लड़ाईँमा साहसिक परिणाम हात लागेको छ। असम पुलिसका लगातार प्रयासहरूको फलस्वरूप प्राथमिकी दर्ता हुनुदेखि लिएर आरोपपत्र दर्ता गर्ने अनि आरोप पत्रबाट न्याय पाउनेसम्म न्याय वितरण प्रक्रिया अधिक मजबुत र तीव्र भएको छ।
उनले भने, अपराधविरूद्ध सरकारको लड़ाईँ जारी रहनेछ। कुनै पनि परिस्थितिमा सम्झौता गरिनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा