
उखरुल (मणिपुर), 23 अगस्त (हि.स.)। उखरुल थाना पुलिसको एक टीमले 114 लीटर डीआईसी मदिरासितै दुई जना मानिसहरूलाई हिरासतमा लिएको छ। पुलिसले आइतवार बतायो, यस मामिलामा पुलिसले एउटा चार चक्के वाहनलाई पनि जफत गरेको छ।
हिरासतमा लिइएका मानिसहरूको पहिचान तलुई गाउँ निवासी 32 वर्षीय थुइङ्गाम वाशुम, पुत्र वारेइचोन वाशुम औ माकु गाउँ निवासी 32 वर्षीय डेनियल जिमिक, पुत्र स्वर्गीय वुङ्गनाओपाम जिमिकको रूपमा भएको छ।
पुलिसले मदिरासितै एउटा चार चक्के वाहन (एमएन 06एलएक्स 6421)-लाई पनि जफत गऱ्यो। मामिलामा अग्रिम कानूनी कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा