श्रीरामपुरको आवासीय परिसरमा आधा रातमा आगो लाग्यो, भाग्यले बचे मानिसहरू
श्रीरामपुरको आवासीय परिसरमा आधा रातमा आगो लाग्यो, भाग्यले बचे मानिसहरू


हुगली, 23 अगस्त (हि.स.)। गए शनिवार अबेर राती श्रीरामपुरको बटतला क्षेत्रमा अवस्थित ‘स्मृति प्लाजा’ नामक आवासीय परिसरमा अचानक आगो लागेर कोकोहोलो मचियो। प्रारम्भिक रूपमा आगलागीको कारण परिसरको मीटर बक्समा भएको शर्ट सर्किटलाई मानिँदैछ।

आगो लागेको क्षणभरमै द्रूत गतिमा फैलिएको आगोले त्यहाँ रहेका मोटरसाइकल, साइकलहरूलाई आफ्नो चपेटमा लियो। खबर पाएर घटनास्थलमा आएको दमकल विभागको एउटा इञ्जिनले राहत अनि बचाउ कार्य शुरू गऱ्यो।

दमकल कर्मीहरूको तत्परताले लगभग एक घण्टाभित्रमा आगोलाई पूर्ण रूपले नियन्त्रण गरियो। घटनामा आवासीय परिसरका केही वाहनहरू जलेर क्षतिग्रस्त भएका छन्। तथापि समयमै आगोलाई नियन्त्रण गरिएको कारणले ठूलो जनहानि हुनदेखि बच्यो अनि आवासीय परिसरका मानिसहरू भाग्यले बचे।

आगलागीको वास्तिवक कारण र नोक्सानको मूल्याङ्कन दमकल विभागको जाँचपछि स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande