
सोनादा, 23 अगस्त (हि.स.)। आशाकर्मी र आँगनवाडी कर्मीहरुद्वारा भारतीय जनता पार्टीको रंगबुल धोतरिया मण्डलको सचिवको बयानको बिरोधमा रंगबुलमा ऱ्यालीको आयोजना गरेको छन्। मण्डल सचिवले आशाकर्मी र आँगनवाडी कर्मीहरुलाई विभिन्न आरोप लगाएको भन्दै यसको विरोधमा आशाकर्मी र आँगनवाडी कर्मीहरुले ऱ्यालीको आयोजना गरेको हो।
मण्डल सचिवले अन्नपूर्ण भण्डारको काम र भेरिफिकेशनको काम आशाकर्मीले गरेको र राम्रोसित नगरेकाले पैसा नपसेको भन्ने बयानको आशाकर्मी र आँगनवाडी कर्मीहरुले विरोध जनाउँदै ऱ्यालीको आयोजना गरेका हुन्।
ऱ्याली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आशाकर्मी संगठन सुखे खण्डकी सभापति ओम राई, आशाकर्मी रितु राई, आँगनवाडी कर्मी रञ्जिता सुब्बाले आशाकर्मी र आँगनवाडी कर्मीहरुलाई भारतीय जनता पार्टीको मण्डल सचिवले लगाएको आरोपको विरोधमा ऱ्यालीको आयोजना गरिएको बताए।
उनीहरूले भनिन् 'उक्त आरोप लगाएको भिडियो हामी समक्ष आइपुगेको र उक्त भिडियोमा अन्नपूर्ण योजनाको लागि आशाकर्मी र आँगनवाडी कर्मीहरुलाई जिम्मेवारी बनाइएको छ। तर कुन आधारमा यस्तो बयान दिएका हुन्। मञ्च पायो भन्दैमा जे पायो त्यही बोलेर हुँदैन, जाँच गरेर तथ्यसित बोल्नु पर्छ। यो भिडियोको कारणले हामीलाई समाजमा काम गर्न असुविधा भइरहेको छ।
उनले अन्नपूर्ण योजनाको भेरिफिकेशनको काम आशाकर्मी र आँगनवाडी कर्मीहरुले गरेका होइनन् भनी स्पष्ट पारिन्। राईले अघि भनिन्, 'मण्डल सचिवको आरोपलाई हामी सोझै नकार्न चाहन्छौं। किनभने यो भेरिफिकेशनको काम हामीले गरेका होइनौं। राईले प्रधानमन्त्री आयुष्मान योजना विषयमा पनि कुरा नबुझी आरोप लगाएको बताउँदै यो काम पूरा सुखे खण्ड क्षेत्रमा केवल 70 प्रतिशत काम पूरा भएको र 30 प्रतिशत बाँकी रहेको उनले बताइन्। उनले यसरी नबुझी आरोप लागेमा हामी काम पनि रोक्न सक्छौं भनी चेताउनी था
दिइन्।
हिन्दुस्थान समाचार / हनोक