
सोनादा, 23 अगस्त (हि.स.)। अशारिका फाउण्डेसनले आर्थिक रूपमा विपन्न विद्यार्थीको उच्च शिक्षामा सहयोग पुर्याउने उद्देश्यले ‘जिनत पामर छात्रवृत्ति' शुभारम्भ गरेको छ। यस वर्षको छात्रवृत्तिका लागि रंगबुल फाटक निवासी शिवम् कुमार गुप्तालाई छनोट गरिएको छ।
उनी एक मेहनती विद्यार्थी हुन्, जसले एचएससी घूम उच्चत्तर माध्यमिक विद्यालयबाट विज्ञानको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन्। हाल उनी सिलगढी कमर्स कलेजमा स्नातक तहमा अध्ययनरत छन्। उनको उच्च शिक्षालाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले 10,000 छात्रवृत्ति प्रदान गरिएको छ।
यस सहयोगबाट उनले कलेजका लागि आवश्यक पुस्तक, शैक्षिक सामग्री तथा अन्य अध्ययनसम्बन्धी आवश्यकताहरू पूरा गर्न केही सहजता प्राप्त गर्ने आशा व्यक्त गरिएको छ। अशारिका फाउन्डेसन परिवार शिवम् कुमार गुप्ताको उज्ज्वल शैक्षिक भविष्यको हार्दिक शुभकामना व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक