
गुवाहाटी, 23 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार अन्तरिक्ष अनुसन्धान एवं अन्वेषणको क्षेत्रमा भारतका उपलब्धिहरूको सराहना गर्दै चन्द्रयान-3 को ऐतिहासिक सफलतालाई देशको वैज्ञानिक एवं तकनिकी प्रगतिको महत्वपूर्ण माइलखुट्टी बताए।
राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा सोशल मीडियामा साझा गरिएको आफ्नो सन्देशमा मुख्यमन्त्रीले चन्द्रयान-3 को सफलतामा योगदान दिने वैज्ञानिकहरू तथा शोधकर्ताहरूको असाधारण योगदानप्रति सम्मान व्यक्त गरे।
उनले भने, चन्द्रयान-3 जस्ता उपलब्धिहरूले वैश्विक अन्तरिक्ष मानचित्रमा भारतका क्षमताहरूलाई एक विशिष्ट पहिचान दिलाएको छ। उनले आशा व्यक्त गरे, अन्तरिक्ष क्षेत्रमा भारतको यस्तो सफलताले देशका युवा वर्गलाई विज्ञान, प्रौद्योगिकी औ नवाचारको क्षेत्रमा अगाड़ि बढ़्नको लागि प्रेरित गररिहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा