अवैध रूपमा भारतमा अनुप्रवेश गर्ने छ जना मानिसहरूलाई फर्काइयो
अवैध रूपमा भारतमा अनुप्रवेश गर्ने छ जना मानिसहरूलाई फर्काइयो


गुवाहाटी, 23 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज सोशल मीडिया फेसबुकमा एउटा पोस्ट साझा गर्दै भनेका छन्, अवैध अनुप्रवेशविरूद्ध हामी सदैव सतर्क छौं र भविष्यमा पनि सतर्क रहनेछौं।

मुख्यमन्त्रीले भनेका छन्, संदिग्ध अतिथिहरूका लागि असममा कुनै ठाउँ छैन। उनले बताएका छन्, बितेको राती दक्षिण सालमारा जिल्लामा भारत तर्फ अवैध रूपमा प्रवेश गर्ने 6 जना मानिसहरूलाई चिन्हित गरी उनीहरूको अनुप्रवेशलाई रोकियो। साथै उनीहरूलाई छिमेकी देशमै फर्काइयो। ही मुख्यमन्त्रीले कुनै पनि देशको नाम उच्चारण नगरे पनि यो चाहिँ स्पष्ट पारेका छन्, दक्षिण सालमारामा छिमेकी देश बङ्गलादेशको सीमाना छ।

मुख्यमन्त्रीले भनेका छन्, अनुप्रवेश गर्ने मानिसहरूलाई हाम्रो स्पष्ट सन्देश- असम र भारतको भूमिमा अवैध रूपमा कहिल्यै पनि प्रवेश गर्ने प्रयास नगरियोस्। हाम्रो कड़ा सक्रिय अभियान जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande