
नयाँ दिल्ली, 23 अगस्त (हि.स.)। बाहिरी उत्तर जिल्लाको भलस्वा डेरी क्षेत्रमा पुलिसकर्मीहरूलाई कागजातविहीन बाइक लिएर पुलिस थाना जान महंगो पऱ्यो। बाइक मालिक र उनका परिवारका सदस्य सहित केही व्यक्तिले पुलिसमाथि आक्रमण गरे।
अभियुक्तहरूले पुलिसकर्मीको आँखामा खोर्सानी पाउडर हाल्नुका साथै इँटा र लाठीले पनि आक्रमण गरे। घटनामा तीन जना प्रहरी घाइते भएका छन्। पुलिसले घटनास्थलबाट 17 वर्षीय नाबालिगलाई पक्राउ गरेको छ भने मुख्य अभियुक्त सहित अन्य भागेका छन्। घटनाको भीडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
पुलिस अनुसार, मुकुन्दपुरको जनता विहार क्षेत्रमा शनिवार दिउँसो 3 बजीतिर घटना भएको हो। भलस्वा डेरी पुलिस थानाको बीट स्टाफ हेड कन्स्टेबल दिनेश र हेड कन्स्टेबल राजेशले गस्ती र क्षेत्रमा जाँच गरिरहेका थिए। यस अवधि उनीहरूले एउटा मोटरसाइकल फेला पारे, जसमा वैध कागजातहरू थिएन। पुलिसले नियम अनुसार, दिल्ली पुलिस अधिनियमको धारा 66 अन्तर्गत पेश गर्नाका लागि मोटरसाइकललाई पुलिस थानामा पुऱ्यायो। लगभग आधा घण्टापछि जब दुई जना पुलिस बीटमा फर्किए, मोटरसाइकलका मालिक र उनका परिवारका केही सदस्यहरू आइपुगे। उनीहरूले किन बाइकलाई पुलिस थाना लगेको भन्दै पुलिसकर्मीलाई सोध्न थाले। हेर्दा हेर्दै कुरा बढ्यो र अभियुक्तले पुलिसकर्मीरूलाई कुटपिट गर्नथाले।
पुलिस अनुसार, अभियुक्तहरूले हेड कन्स्टेबल दिनेश र राजेशको आँखामा खोर्सानीको पाउडर हाले। यसपछि इँटा र लाठीले आक्रमण गरियो। सूचना पाएपछि मद्दत गर्न दौड़िएका हेड कन्स्टेबल टिनुलाई पनि अभियुक्तहरूले आक्रमण गरे। झड़पमा तीन जना पुलिस घाइते भएका छन्। दिनेशको टाउकोमा चोट लाग्यो। तीनै जनालाई उपचारका लागि अस्पताल लगियो, जहाँ उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
पुलिसले स्थानीयको सहयोगमा घटनास्थलबाट 17 वर्षीय किशोरलाई पक्राउ गरेको छ। घटनापछि अन्य अभियुक्तहरू घटनास्थलबाट भागेका छन्। यस मामिलामा भलस्वा डेरी पुलिस थानामा एफआइआर नम्बर 537/26 दर्ता गरिएको छ। पुलिसले भारतीय दण्ड संहिताको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ।
पुलिस अनुसार, फरार अभियुक्त सुनील उर्फ पङ्कज त्यस क्षेत्रका फरार अपराधी हुन्। उ विरुद्ध पाँच वटा आपराधिक मुद्दा दर्ता छन्। तीमध्ये दुई वटा घटना लागुऔषधसँग सम्बन्धित छन्। पुलिसले अन्य बाँकी अभियुक्तहरूको खोजी गरिरहेको छ।
/ बिशाल