
कुचबिहार, 23 अगस्त (हि. स.)। चेङ्गराबान्धाको दक्षिणपाड़ा क्षेत्रमा गए शनिवार राति एक जना बङ्गलादेशी महिलालाई पक्राउ गरी मेखलिगञ्ज थानाको पुलिसलाई सुम्पिइएको छ।
पुलिस सूत्र अनुसार, महिलाले आफ्नो नाम पिया खातून बताएकी छन् जो बङ्गलादेशको रङ्गपुर जिल्लास्थित पिरगाछा निवासी हो। उक्त महिलाले पुलिसलाई बताएकी छे, लगभग चार वर्षअघि दलालहरूको माध्यमबाट उसलाई अवैध रूपमा भारतमा ल्याइएको थियो। उसले आरोप लगाई, भारतमा ल्याएपछि उसलाई भिन्न-भिन्न ठाउँहरूमा लगेर काम गर्न बाध्य बनाइयो अनि पछि कथित रूपमा बलजफ्ती देह व्यापारमा धकेलियो। यहाँसम्म कि उसलाई सिलगढ़ी र दिनहाटा सहित धेरै वटा क्षेत्रहरूमा लगिएको थियो। दिनहाटामा उसले केही दिनसम्म एउटा होटलमा काम गरेपछि बङ्गलादेश पुग्ने योजनाले उ चेङ्गराबान्धामा आइपुगी, तर अन्तरराष्ट्रिय इमिग्रेशन बन्दभएको कारणले उसले सीमा पार गर्न सकिन।
स्थानीय मानिसहरूले उसलाई यस क्षेत्रमा भौंतारिरहेको देकेर स्थानीय पञ्चायत सदस्यको उपस्थितिमा पुलिसलाई सूचना दिइयो। मेखलिगञ्ज थानाको पुलिसले घटनास्थलमा पुगेर महिलालाई आफ्नो हिरासतमा लियो।
पुलिस मुताविक महिलाको भारतमा अवैध प्रवेश, उ यहाँ बसेको तथा मानव तस्करी एंव बलजफ्ती देह व्यापारमा धकेलिएका आरोपहरूको जाँच गरिँदैछ। त्यसपछि मात्र कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा