बङ्गालमा भाजपा सरकारको सय दिन पूर्ण, दिलीप घोषले उपलब्धिहरूबारे बताए
बङ्गालमा भाजपा सरकारको सय दिन पूर्ण, दिलीप घोषले उपलब्धिहरूबारे बताए


कोलकाता, 23 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा भाजपा सरकारको सय दिन पूरा भएकोमा राज्यका ग्रामीण विकास मन्त्री दिलीप घोषले सरकारको कामकाजको ब्यौरा साझा साझा गरेका छन्।

उनले आइतवार बिहान सामाजिक सञ्जालको माध्यमबाट भीडियो साझा गरी सरकारको सय दिनका उपलब्धिहरू बताए। उनले भने, यी सय दिनभित्रमा पञ्चायत, आवास, रोजगार, स्वच्छता औ आधारभूत ढाँचाको विकासलाई लिएर केही महत्वपूर्ण पहल गरिएको छ।

घोष अनुसार अधुरो रहेको 18 लाख आवासहरूमध्ये दोस्रो चरणमा 10 लाख 20 हजार लाभार्थीहरूको खातामा 60 हजार रुपियाँको राशि पठाइएको छ। यसरी नै ‘आवास प्लस’ सर्वेक्षण अन्तर्गत 38 लाखभन्दा अधिक घरहरूको सर्वेक्षण पूरा गरिसकिएको छ।

उनले बताए, विभिन्न योजनाहरूको माध्यमबाट रोजगारको अवसर बढ़ाएर आम मानिसहरूसम्म काम र आय पुऱ्याउने प्रयास गरिँदैछ। आवास योजनाको प्रत्येक घरसित 90 श्रम दिवसको काम जोड़्ने पहल गरिएको छ। योसित सम्बन्धित परिवारहरूको अतिरिक्त 27 हजार रुपियाँसम्मको आय हुनसक्छ।

दिलीप घोषले बताए, पञ्चायत एवं ग्राम विकास तथा वन विभागको सहयोगमा 40 लाखभन्दा अधिक वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। गाउँहरूमा शौचालयको कार्यलाई पनि गति दिइँदैछ।

यस अतिरिक्त अनुपयोगी भवन, शेड, गोदाम औ पसलहरूको जीर्णोद्धार गरी त्यसलाई पुनः भाड़ामा दिने प्रक्रिया शरू गरिएको छ। नयाँ बजार परिसरमा पसलहरूको आवन्टन कार्य पूरा भइसकेको छ।

घोषले भने, सरकारको 100 दिन समयको गणना मात्र होइन, कामको गति र पश्चिम बङ्गाललाई परिवर्तनको दिशामा अग्रसर गराउने शुरूआत हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande