पश्चिम बङ्गालका कतिपय जिल्लाहरूमा घना वर्षा हुने चेताउनी जारी
पश्चिम बङ्गालका कतिपय जिल्लाहरूमा घना वर्षा हुने चेताउनी जारी


कोलकाता, 23 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा आइतवार बिहानदेखिकै मौसमको स्वरूप फेरिएको छ। दक्षिण बङ्गालका केही भागहरूमा आकाश बादलले ढाकिएको छ भने रोकिँदै पानी पनि परिरहेको छ। खड़गपुर एवं पश्चिम मेदिनीपुरमा बिहान लगभग 6 बजेदेखि रोकिँदै पानी परिरहेको छ। विष्णुपुरमा पनि बिहान हल्का पानी पऱ्यो भने बाँकुड़ा, घाटल, झाड़ग्राम र दासपुरमा बिहानदेखिकै घना बादल लागेको छ।

अहिलेघरि कोलकाता, हावड़ा औ हुगलीको मौसम एकसमान छ। यहाँको तापमान लगभग 28-35 डिग्री सेल्सियसबीच छ। आकाशमा बाक्लो बादल लागेको छ। हावामा नमी 80 प्रतिशतभन्दा अधिक रहेको कारणले आद्रतापूर्ण गर्मी महसूस भइरहेको छ। आगामी केही घण्टाभित्रमा यी क्षेत्रहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा वा अचानक तीव्र वर्षा हुने सम्भावना छ।

अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र अनुसार आइतवार दक्षिण बङ्गालका सबै जिल्लाहरूको अधिकांश भागमा हल्कादेखि मध्यम वा मेघ गर्जनसितै पानी पर्नसक्छ। कतिपय स्थानहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले झोकादार हावा चल्नसक्छ। मेदिनीपुरका दुवै जिल्ला, झाड़ग्राम र दक्षिण 24 परगनामा एक-दुई ठाँ घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। यी स्थानहरूमा 7 -देखि 11 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ।

मौसम विभाग अनुसार उत्तर बङ्गालमा पनि आइतवार सबै जिल्लाहरूका केही ठाउँहरूमा मध्यम वर्षा अनि बिजुलीको चम्किनको साथै पानी पर्ने सम्भावना छ। केही स्थानहरूमा वज्रपात हुने अनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।

मौसम विभागको जानकारी अनुसार बङ्गालको खाड़ीको उत्तरी भागम पश्चिम बङ्गाल-बङ्गलादेश तट निकट वायुमण्डलमा चक्रवाती परिसञ्चरण विकसित भएको छ जसको प्रभावले आगामी 24 घण्टाभित्रमा सोही ठाउँमा निम्न दबाव पनि विकसित हुने सम्भावना छ जसकारण राज्यमा वर्षाको गति बढ़्नसक्छ।

अलिपुर मौसम केन्द्रको पूर्वानुमान अनुसार सोमवार पनि दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। झाड़ग्राम, बाँकुड़ा औ पुरुलियामा एक-दुई वटा स्थानमा घना वर्षा हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande