
कोलकाता, 23 अगस्त (हि. स.)। पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यकी पत्नी मीरा देवी बितेका दुई दिनदेखिको पेटको समस्याले ग र्दा अलिपुर स्थित एक निजी अस्पतालमा भर्ती भएकी छन्। गए शनिवार साँझ मुख्यमन्त्री शुभेन्दु अधिकारी उनलाई भेट गर्न अस्पतालमा पुगे। डाक्टरहरूबाट उनको स्वास्थ्य स्थिति बारे जानकारी लिएपछि मुख्यमन्त्रीले मीरा देवीसित पनि भेट गरे।
भनिन्छ, हाल मीरा देवीको हालत स्थिर छ। उनको स्वास्थ्यमा सुधार आइरहेको खबर सुनेर मुख्यमन्त्री भावुक भए। उनले हात जोड़ेर मीरा देवीबाट आशीर्वाद लिए।
बुद्धदेव भट्टाचार्य र मीरा भट्टाचार्यसित शुभेन्दु अधिकारीको लामो समयदेखिको परिचय रहिआएको छ। सत्ता परिवर्तन भएपछि मीरा देवी शुभेन्दु सरकारमाथि भरोसा व्यक्त गरेकी थिइन्। उनले भनेकी थिइन्, शुभेन्दु अधिकारीले बुद्धदेव भट्टाचार्यका सपनाहरूलाई पूरा गर्नेछन्।
बुद्धदेव भट्टाचार्यको कार्यकालमा राज्यमा औद्योगिकीकरणमाथि बल दिइएको थियो। उनको भनाइ थियो, युवाहरूको सुनौलो भविष्यको लागि राज्यमा उद्योगहरू विकास हुन आवश्यक छ। सत्ता परिवर्तन भएपछि डानकुनी र बाँकुड़ा सहित केही क्षेत्रहरूमा नयाँ उद्योग शुरू भएको दाबी गरिएको छ।
मुख्यमन्त्री शुभेन्दु अधिकारीको बाहुलीबाट मेजियामा श्याम स्टीलको कारखानेको नयाँ एकाईको आधारशिला राखिएको छ। यी तमाम विकास कार्यहरूको जानकारी मीरा देवीसम्म पनि पु्ऱ्याइएको छ। उनले मुख्यमन्त्रीप्रति आफ्नो भरोसा व्यक्त गरेकी छन्।
बुद्धदेव भट्टाचार्यको निधन भएपछि मीरा देवीको सुरक्षालाई पनि फिर्ता लिइएको थियो। उनले अत्यन्तै साधारण जीवन बिताइरहेकी थिइन्। तर सत्ता परिवर्तन भएपछिउनको सुरक्षालाई पुनर्बहाल गर्ने फसेला गऱ्यो। त्यसबेला मीरा देवीले भनेकी थिइन्, बुद्धदेव बाबूको निधनपछि उनको सुरक्षालाई हटाइएको थियो। यदि मुख्यमन्त्री अधिकारीले उनको बारेमा सोचेर यो फसेला लिएका हुन् भने उनको लागि सौभाग्यको कुरा हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा