
हुगली, 23 अगस्त (हि.स.)। उत्तरपाड़ा शहरमा फेरि एक पटक प्रतिबन्धित चीनीयाँ मञ्झाको चपेटमा परेर एकजना युवक गम्भीर रूपमा घाइते भयो। घटनापछि क्षेत्रमा चिन्ता बढ़ेको छ। स्थानीय मानिसहरूले प्रशासनसित चीनीयाँ मञ्झाको बिक्री र प्रोगमाथि रोक लगाउने माग गरेका छन्।
जानकारी अनुसार माखलाको वार्ड नम्बर- 23 निवासी युवक प्रियजीत हालदार बितेको शनिवार राती लगभग साढ़े नौ बजे आफ्नो घर फर्किरहेका थिए। यसै अवधि माखता तरूण दल क्लब अगाड़ि अचानक उनको गलामा चीनीयां मञ्झा बेरियो जसले गर्दा उनको गलामा गम्भीर चोट लाग्यो। घटनापछि उनलाई तत्काल उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा लगियो जहाँ प्राथमिक उपचार गरियो।
घाइते युवकले पुलिस-प्रशासनसित अपील गरे, उत्तरपाड़ा थाना अधिनस्थ विभिन्न क्षेत्रहरूमा अहिले पनि कथित रूपमा चीनीयाँ मञ्झा बिक्री हुँदै आइरहेको छ। उनले तत्कालै पसलहरूमा कारबाही गरी यसको बिक्रीमाथि पूर्ण रूपले रोक लगाउने माग गरे।
स्मरण गराइन्छ, यसपूर्व पनि कोलकाता समेत राज्यका विभिन्न भागहरूमा चीनीयाँ मञ्झाको चपेटमा परी धेरै जना मानिसहरू घाइते भएको तथा ज्यान गएको घटनाहरू भइसकेका छन्। तथापि कपितय मानिसहरूले चङ्गा उड़ाउनको लागि यसैलाई प्रयोग गरिरहेका छन्।
यस सम्बन्धमा चन्दननगर पुलिस कमिश्नरेटका एक जना अधिकारीले बताए, घटनाको जानकारी प्राप्त भएको छ। सिकायत प्राप्त भए शीघ्र कारबाही गरिनेछ। अधिकारी अनुसार यसअघि पनि उत्तरपाड़ा शहरमा धेरै वटा पसलहरूमा छापामारी गरेर चीनीयाँ मञ्झा जफत गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा