
हुगली, 23 अगस्त (हि.स.)। उत्तरपाड़ा विधानसभा क्षेत्रका विधायक दीपाञ्जन चक्रवर्तीलाई राजा प्यारी मोहन कलेज औ स्वामी निस्वम्बलानन्द गर्ल्स कलेजको गवर्निङ्ग बडीको अध्यक्ष नियुक्त गरिएको छ। पश्चिम बङ्गाल सरकारको उच्च शिक्षा विभागद्वारा उनलाई यो दायित्व सुम्पिइएको हो।
नियुक्तिपछि गए शनिवार अबेर राती विधायक दीपाञ्जन चक्रवर्तीले उच्च शिक्षा विभाग, पश्चिम बङ्गाल सरकारप्रति आभार व्यक्त गरे। उनले भने, उत्तरपाड़ा विधानसभा क्षेत्रका विधायकको रूपमा उनले यस दायित्वलाई पूर्ण विनम्रता तथा कर्तव्यबोधको साथमा स्वीकार गर्दछन्।
उनले उच्च शिक्षाको क्षेत्रमा गुणस्तरीय, पारदर्शिता औ उत्कृष्टतालाई प्रोत्साहित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै दुवै कलेजहरूको विकास तथा शैक्षणिक उत्कृष्टतालाई अगाड़ि बढ़ाउनको लागि एक अनुभवी गवर्निङ्ग बडी गठन गरिनेछ।
यस गवर्निङ्ग बडीमा उत्तरपाड़ा विधानसभा क्षेत्रको शैक्षणिक जगतसित जोड़िएका अनुभवी पूर्व शिक्षक, प्रोफेसर औ शिक्षाविदहरूलाई सामेल गरिनेछ जसको अनुभव र सामूहिक दृष्टिकोणको आधारमा क्षेत्रको शैक्षणिक संस्थानहरूको समग्र विकासको लागि व्यापक रोडम्याप तयार गरिनेछ।
विधायक दीपाञ्जन चक्रवर्तीले भने, दुवै संस्थानहरूमा शिक्षाको गुणस्तरलाई अझ उत्कृष्ट बनाउने अनि विद्यार्थीहरूको लागि स्वच्छ शैक्षणिक वातावारण बनाउने दिशामा प्रयास गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा