डीआरएम देवेन्द्र सिंहले कोचिङ्ग डिपोको गरे निरीक्षण
डीआरएम देवेन्द्र सिंहले कोचिङ्ग डिपोको गरे निरीक्षण


-स्वच्छता सुधार औ दोस्रो पिट लाइनको कार्यलाई तीव्रता दिने निर्देश

कोकराझार (असम), 23 अगस्त (हि.स.)। अलिपुरद्वार मण्डलका मंण्डल रेल प्रबन्धक (डीआरएम) देवेन्द्र सिंहले कोचिङ्ग डिपोको निरीक्षण गरे। यस अवधि उनले पिट लाइन, सिक लाइन, यार्ड तथा महानन्द एक्सप्रेसको रखरखाउ एवं मेन्टेनेन्स कार्यको जायजा लिए।

मण्डल कार्यालयद्वारा जारी जानकारी अनुसार बितेको शनिवार भएको निरीक्षणमा डीआरएमले अधिकारीहरूलाई कोचिङ्ग डिपोमा स्वच्छताका मानदण्डहरूलाई अझ श्रेष्ठ बनाउने निर्देश दिए। उनले यात्रीहरूको सुरक्षा एवं सुविधालाई मध्यनजर गर्दै रखरखाउ कार्यहरूमा गुणस्तरलाई कायम राख्नेमाथि बल दिए।

यसको साथै उनले दोस्रो पिट लाइनको निर्माण कार्यलाई द्रूत गतिमा अगाड़ि बढ़ाउने अनि निर्धारित कार्यहरूलाई समयबद्ध ढङ्गमा पूरा गर्नका लागि सम्बन्धित अधिकारीहरूलाई आवश्यक दिशानिर्देश दिए। डीआरएमले डिपोको कार्यप्रणाली, रखरखाउ व्यवस्था औ परिचालनसित सम्बन्धित विभिन्न पक्षहरूको पनि समीक्षा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande