अन्नपूर्ण योजनाको सन्दर्भमा दिलीप घोषको कटाक्ष, आत्महत्याको कारण जाँच गर्नेमाथि बल
अन्नपूर्ण योजनाको सन्दर्भमा दिलीप घोषको कटाक्ष, आत्महत्याको कारण जाँच गर्नेमाथि बल


खड़गपुर, 23 अगस्त (हि. स.)। पश्चिम बङ्गालका मन्त्री दिलीप घोषले मालदाको गाजोलमा अन्नपूर्ण योजनाको राशि नपाएको कारणले एकजना महिलाले आत्महत्या गरेको परिवारको दाबीमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, राज्यमा हरेक मामिलामा आत्महत्याका घटनाहरू भइरहेका छन्। त्यसैले यसको जाँच गर्न आवश्यक छ कि आखिर किन र के कारणले आत्महत्या गरिरहेको छ।

आइतवार बिहान प्रातः र्भ्रमणपछि दिलीप घोष खड़गपुरको बोगदामा आयोजित चिया-चर्चामा सामेल भए। यस अवधि उनले भने, यहाँ हरेक चिजमा आत्महत्याको घटना भएकोछ। मतदाता सूचीमा नाम नहुँदा आत्महत्या, एसआईआरमा नाम नहुँदा आत्महत्या। कसले -किन आत्महत्या गरिरहेको छ, यसको जाँच गर्नुहोस्।

वास्तवमा मालदा जिल्लाको गाजोलस्थित बचाहर गाउँमा गए शनिवार अपरान्ह लगभग 30 वर्षीय अनिता खातूनको शव झुण्डिरहेको अवस्थामा भेटिएको थियो। परिवारले आरोप लगाएको छ, अन्नपूर्ण योजनाको राशि नपाएको कारणले तिनी मानसिक तनाउमा थियो, त्यसैले उनले आत्महत्या गरेकी हुन्।

परिवार अनुसार अनिताले पहिला लक्ष्मी भण्डार योजनाको लाभ पाइरहेकी थिइन्। अन्नपूर्ण योजनाको लागि अनलाइन र अफलाइन आवेदन गरे पनि उनलाई यो राशि प्राप्त भएन।

यस घटनालाई लिएर राज्यमा राजनीतिक आरोप-प्रत्यारोप पनि शुरू भएको छ। यसै मामिलामा दिलीप घोषले प्रतिक्रिया व्यक्त गर्दै आत्महत्याको कारण पत्तो लगाउन जाँच गर्ने कुरा गरेका हुन्।

अन्नपूर्ण योजनाको राशि नपाएकोलाई लिएर जारी विरोधबीच शनिवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुरमा लाभार्थीहरूसित सम्वाद गरे।उनले भने, यस महिना एक करोड़ 45 लाख महिलाहरूलाई राशि दिइएको छ। यदि थप 20-30 लाख महिलाहरू योग्य छन् भने उनीहरूलाई पनि योजनाको लाभ दिने व्यवस्था गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande