खड़गपुरको माफियालाई दिलीपको चेताउनी- अपराधीलाई छाड़िनेछैैन
खड़गपुरको माफियालाई दिलीपको चेताउनी- अपराधीलाई छाड़िनेछैैन


खड़गपुर, 23 अगस्त (हि.स.)। भाजपा नेता दिलीप घोषले खड़गपुरका माफिया अनि उपद्रवीहरूलाई कड़ा चेताउनी दिएका छन्। आइतवार खड़गपुर दुई नम्बर वार्डमा पार्टी कार्यालयको उद्घाटन समारोहमा सामेल हुन पुगेका घोषले भने, खड़गपुरमा कुनै पनि माफिा वा गुण्डाहरूलाई बस्न दिइनेछैन। कोही जेल गइसकेका छन् भने कोही यहाँबाट भागिसकेका छन्।

दिलीप घोषले भने, पुलिसले स्पष्ट पारेको छ कि यदि माफिया वा उपद्रवीहरूले खड़गपुरमा कदम राख्यो भने उनीहरूविरूद्ध कड़ा कारबाही हुनेछ। दाल-भात खानअघि उनीहरूलाई गोलीको सामना गर्नु पर्नसक्छ। माफिया र उपद्रवीहरूमाथि लगाम कस्नको लागि पुलिसलाई पूर्ण छुट दिनुपर्छ।

उनले भने, उनीहरू त्यस व्यवस्थालाई मास्न चाहन्छन् जसमा गुण्डा, माफिया वा नेताले पुलिससित मिलेर काम गर्थे। खड़गपुरमा नशालु औषधिहरूको कारबारसित सम्बन्धित लगभग 200 मानिसहरूलाई पुलिसले पक्राउ गरेर जेलमा थुनिसकेको छ। यिनीहरूमध्ये कतिपयलाे जमानत पाउनसक्छ, तर यदि बाहिर आएपछि पनि उनीहरूले आफ्नो व्यवहारलाई परिवर्तन गरेन भने पुनः कड़ा कारबाहीको सामना गर्नुपर्नेछ। कसैलाई छोड़िनेछैन।

दिलीप घोषले भाग्ने प्रयास गर्ने अपराधीहरूविरूद्ध भिड़न्त जस्तो कारबाही गर्ने उल्लेख समेत गरे। उनले बारूइपुरको घटनाको उदाहरण दिँदै भने, अपराधीहरूलाई कानूनको डर हुनुपर्छ। उनले भने, खड़गपुरका जनता शान्तिपूर्वक जिउन चाहन्छन्। त्यसैेले मानिसहरूले भाजपालाई समर्थन गरेका हुन्। उनले दाबी गरे, खड़गपुरमा धम्कीको राजनीतिमाथि रोक लगाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande