
नयाँ दिल्ली, 23 अगस्त (हि.स.)। द्वारका जिल्लाको भरथल गाउँमा लगभग चार महिनाअघि विवाह भएर आएकी 30 वर्षीय महिलाको संदिग्ध परिस्थितिमा मृत्यु भयो। महिलाको पहिचान नाजिया खानमको रूपमा भएको छ जो रक्षा मन्त्रालयमा सहायक अनुभाग अधिकारीको पदमा तैनाथ थिइन्। शुरूमा परिवारले ससुराली पक्षमाथि कुनै शङ्का वा आरोप लगाएको थिएन, तर दोस्रो दिन उनीहरूले महिलाका पति र ससुरालीका अन्य सदस्यहरूविरूद्ध सिकायत गरे। त्यसपछि सेक्टर-23 द्वारका थानामा मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ।
पुलिसले बताए मुताविक गत 21 अगस्तको साँझ लगभग 4:21 बजी भरथल गाउँमा महिलाको मृत्यु भएको सूचना पीसीआर कलको माध्यमबाट प्राप्त भएको थियो। सूचना पाए लगत्तै एसआई सतपाल डागर पुलिस टीमको साथमा घटनास्थलमा पुगे।पुलिसले शवलाई कब्जामा लिएर सम्बन्धित एसडीएमलाई सूचना दियो, त्यसपछि आवश्यक औपचारिकतापछि सवलाई अस्पतालको शवगृहमा रखाइएको छ।
द्वारका जिल्लाका पुलिस उपायुक्त कुशलपाल सिंहले आइतवार बताए, मृतका नाजिया खानम, तवाब खानकी छोरी थिइन्। उनको विवाह गत 11 अप्रेल, 2026-मा मोहम्मद आजम अली खानसित मुस्लिम परम्परा अनुसार भएको थियो। विवाहपछि तिनी पतिको घरमा बस्दै आएकी थिइन् भने रक्षा मन्त्रालयमा सहायक अनुभाग अधिकारीको रूपमा काम गर्दै आइरहेकी थिइन्। महिलाको मृत्यु भएपछि गत 21 अगस्तमा उसको परिवारका सदस्यहरूले कार्यकारी मेजिस्ट्रेट समक्ष पेश भएर आफ्नो बयान दर्ता गराए। त्यसबेला दिइएको बयानमा परिवारले महिलाका पति वा ससुराली पक्षमाथि कुनै पनि प्रकारको शङ्का वा आरोप लगाएका थिएनन्।
पुलिस अनुसार, गत 22 अगस्तको दिन मृतकाका माता-पिताले पुनः एसडीएम सामु सिकायत दर्ता गराए जसमा उनीहरूले महिलाका पति र ससुराली पक्षका अन्य सदस्यहरूमाथि आरोप लगाए। यसै आधारमा सेक्टर-23 द्वारका थानामा गए 22 अगस्तको दिन प्राथमिकी सङ्ख्या 214/2026 दर्ता गरियो जसमा भारतीय न्याय संहिताको धारा 85 र 108 अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा